नेकपा नेता सविनलाई मातृशोक, महासचिव विप्लवद्वारा समवेदना

नेकपा नेता सविनलाई मातृशोक, महासचिव विप्लवद्वारा समवेदना

काठमाडौँ : नेकपाका केन्द्रीय सदस्य बालकृष्ण पोख्रेल ‘सविन’ लाई मातृशोक परेको छ । नेता सविनकी आमा टीकादेवी शर्माको आज निधन भएको हो । नेकपाका महासचिव विप्लवले आजै शोक वक्तव्य जारी गरी टीकादेवीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै सविनलगायत शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

महासचिव विप्लवको शोक वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य क. बालकृष्ण पोख्रेल ‘सविन’ की आमा सल्यान जिल्ला कुमाख गाउँपालिका २ रुमालगाउँ निवासी ७२ वर्षीया टीकादेवी शर्माको २०७८ साल भदौ १४ गते निधन भएकोमा हाम्रो पार्टी दुःखी भएको छ । हाम्रो पार्टी मृतक टीकादेवी शर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै क. सविनलगायत शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।’ शोक वक्तव्यको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :