सहिद बेचु प्रतीक्षालय शिलान्यास

सहिद बेचु प्रतीक्षालय शिलान्यास

महोत्तरी : नेपाल कम्युनिस्ट पार्टी महोत्तरीको आयोजनामा बर्दिबास नगरपालिका वडा नं ७ मनहरीटोलमा सहिद बेचु स्मृति प्रतीक्षालय भवन शिलान्यास गरिएको छ । बेचु पौड्यालको २०६० साल भदौ १३ गते सर्लाहीको पीपलदमारमा शाही सेनाले गोली हानी हत्या गरेको थियो । नेकपाका केन्द्रीय सदस्य देवनारायणको प्रमुख आतिथ्यमा सहिद स्मृति प्रतीक्षालय भवन शिलान्यास गरिएको हो ।

यसैगरी नेता देवनारायणकै प्रमुख आतिथ्यमा पीपलदमारमा बलिदान गर्ने महोत्तरीका वीर सपूत गणेश पाण्डे, बेचु पौड्याल, सरला देवकोटा र भगवती स्याङ्बाको १९ औँ स्मृति सभा बर्दिबास नगरपालिकाको हाथीलेटमा आयोजना गरिएको छ ।

सेक्रेटरी पवनको अध्यक्षता, नर थापाको उद्घोषण, झमानसिंहको स्वागत मन्तव्य, पार्टी केन्द्रीय सदस्य तथा रौतहट–सर्लाही इन्चार्ज समर शाहीको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य तथा धनुषा–महोत्तरी इन्चार्ज देवनारायणले एकीकृत जनक्रान्तिले जनयुद्ध र जनक्रान्तिका महान् सहिदको सपना पूरा गर्ने बताए । एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गरेर सहिद, बेपत्ता योद्धा र आमश्रमिक जनताको सपना साकार पार्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :