नेकपा कञ्चनपुरको शुक्लाफाँटा नगरद्वारा माछापालन सुरुवात

नेकपा कञ्चनपुरको शुक्लाफाँटा नगरद्वारा माछापालन सुरुवात

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरको शुक्लाफाँटा नगर पार्टीद्वारा माछा पालन व्यवसाय सुरुवात गरेको छ । करिब १६ कट्ठा जमीन भाडामा लिएर उक्त व्यवसाय गरेको नगर इन्चार्ज धनबहादुर रानाले बताएका छन् । तत्काल दुई पोखरी बनाउने र एउटा माछाका भुरा उत्पादन गर्ने र अर्कोमा माछा पालन गर्ने जनाएका छन् ।

आइतबार कञ्चनपुर जिल्ला पार्टी सचिव जीवनले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् । उनले सो कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको अवस्थामा हरेक व्यक्ति उत्पादनमा नजोडिएर क्रान्ति र आन्दोलनमा योगदान गर्न नसक्ने बताए । उनले भने, ‘हाम्रो पार्टीको आत्मनिर्भरता सहितको उत्पादनमा भाग लिने निर्णय समेत छ ।’ र हामी हाम्रो पार्टीसँग आबद्ध सबै कार्यकर्ता उत्पादनमुखी र प्रत्यक्ष श्रममा जोडिएको बताए । समाजवादी आन्दोलनलाई दिगो बनाउन र समाजवाद स्थापनाको लामो लड़ाइँ सफल पार्न हाम्रो सिङ्गो पार्टी पङ्क्ति सशक्त रूपले लागेको जिकिर पनि जीवनले गरे ।

अरु नगर र गाउँ कमिटीमा पनि उत्पादनसँग जोडिने प्रक्रिया अगाडि बढेको नेकपा कञ्चनपुरले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :