नेकपा कास्कीद्वारा पाँच दिने स्कुलिङ उद्द्घाटन

नेकपा कास्कीद्वारा पाँच दिने स्कुलिङ उद्द्घाटन

नेपाल कम्युनिस्ट पार्टी कास्कीद्वारा ५ दिने स्कुलिङको उद्घाटन गरेको छ । दर्शन, अर्थशास्त्र, र वैज्ञानिक समाजवादी सम्बन्धि नेता तथा कार्यकर्ताको नेतृत्व , क्षमता विकास गर्ने उद्देश्यले नेकपा कास्कीले शनिवार कास्कीको लुम्लेमा पाँच दिनका लागि स्कुलिङको सुरुवात गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सदस्य उमा भुजेलको प्रमुख अतिथ्यतामा करीब ३० जना प्रशिक्षार्थिसहित आयोजना गरिएको उत्तm कार्यक्रममा नेकपा केन्द्रीय स्कुल विभागबाट प्रशिक्षणका लागि नेकपा केन्द्रीय सदस्य तथा केन्द्रीय स्कुल विभागका प्रमुख भेषराज भुषाल, केन्द्रीय सद्स्य तथा स्कुल विभाग सद्स्य लाल बहादुर बिसी शार्दुल र अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव तथा स्कुल विभाग सदस्य खेम थपलिया प्रशिक्षकको रुपमा रहेका छन् ।

यस्तै स्कुलिङ कार्यक्रममा दर्शन, वैज्ञानिक समाजवादी अर्थशास्त्र, वैज्ञानिक समाजवाद सम्बन्धि विषयहरुमा स्कुलिङ भइरहेको छ । जस अन्तर्गत वैज्ञानिक समाजवादी अर्थशास्त्र सम्बन्धि केन्द्रिय सदस्य तथा केन्द्रीय स्कुल विभाग प्रमुख भेषराज भुषाल, दर्शनशास्त्र सम्बन्धि केन्द्रिय सदस्य तथा स्कुल विभाग सदस्य लाल बहादुर बिसी र वैज्ञानिक समाजवाद सम्बन्धि खेम थपलियाले प्रशिक्षार्थिहरुलाई स्कुलिङ दिइने बताइएको छ ।

महान सहिदहरुप्रति श्रद्धाञ्जली तथा बेपत्ता योद्दाप्रति स्मरण गरी उड्घाटन गरिएको कार्यक्रममा अन्तर्राष्ट्रिय गित पनि गाइएको थियो । यस्तै कार्यक्रमको प्रारम्भमा प्रमुख अतिथि शिलुले प्रशिक्षकहरुलाई खादा ओडाई स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन जिल्ला सेक्रेटरी गोकुल पराजुलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :