झापाको शिवसताक्षी नगर भेला सम्पन्न, १६ सदस्यीय नगर कमिटी गठन

झापाको शिवसताक्षी नगर भेला सम्पन्न, १६ सदस्यीय नगर कमिटी गठन

झापाः नेपाल कम्युनिस्ट पार्टी झापा अन्तर्गत शिवसताक्षी नगरपालिकाको नगर भेला भव्य रूपमा सम्पन्न भएको छ । पार्टीका केन्द्रिय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमन लिम्बुको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा झापा जिल्ला सचिव प्रशान्त, जिल्ला कार्यलय सचिव संजय लगायतको आतिथ्यता रहेको थियो ।

नगर इन्चार्ज युद्धको अध्यक्षता तथा संजय राईले सञ्चालन गरेको उक्त कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला इन्चार्ज सुमन लिम्बुले नेपालको राजनीतिक इतिहास र समयअनुसार पार्टी छान्ने जनताको अधिकार रहेको उल्लेख गर्दै अबको सही नेतृत्व र सिद्धान्त बोकेको पार्टी नेपाल कम्युनिस्ट पार्टी रहेको उल्लेख गर्दै अब सबै जनता नेकपामा समाहित हुनुपर्ने उल्लेख गरे ।

नेता लिम्बूले २००७ सालमा राणाशासनका विरूद्व लडेको काङ्ग्रेस ठिक रहेको , २०३६ सालमा पञ्चायती विरूद्व लडेको एमाले ठिक रहेको, २०५२, ६२ र ६३ मा सामन्ती राजसंस्था र संसदीय व्यवस्थाको विकल्प खोजेको माओवादी ठिक रहेको उल्लेख गर्दै अहिले दलाल संसदीय व्यवस्थाका विरूद्व संघर्ष गरिरहेको नेकपा ठिक रहेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला सचिव प्रशान्तले अबको क्रान्तिमा युवाको विशेष भूमिका रहने बताउँदै दलाल पुजीवादीहरूका विरूद्व आम युवा, विद्यार्थी र श्रमजीवी जनता एक भएर लड्नुपर्ने उल्लेख गरे ।

सम्पन्न नगर भेलाले युद्धको नेतृत्वमा १६ सदस्यीय नगर कमिटी गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :