जनपत्रकार संगठन जाजरकोटको अध्यक्षमा शाही

जनपत्रकार संगठन जाजरकोटको अध्यक्षमा शाही

जाजरकोट : जनपत्रकार संगठन नेपाल जाजरकोटको प्रथम जिल्ला भेला जाजरकोट सदरमुकाम खलंगामा आइतबार सम्पन्न भएको छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यबद्धता!मानवअधिकार रक्षा र सामाजिक उत्तरदायित्वका लागि जनपत्रकारिता !! भन्ने मुल नाराका साथ भेला सम्पन्न भएको हो ।भेलाले विरेन्द्र  शाहीको अध्यक्षतामा१३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो।जसको उपाध्यक्ष प्रेम बि क ,सचिव सुनिल सिंह,सहसचिव कविता बि क कोषाध्यक्ष दिलमाया महतारा रहेका छन।

भेलामा जनपत्रकार संगठनका केन्द्रिय सदस्य वसन्त बिक प्रमुख अतिथि रहेका थिए भने नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य संगम आरसी विशिष्ट अतिथि रहेका थिए।

भेलालाई सम्बोधन गर्दै जनपत्रकार संगठन नेपाल का केन्द्रीय सदस्य वसन्त बिकले वर्गीय समाजमा पत्रकारिता पनि वर्गीय भएकोले जनपत्रकारहरूले सर्वहारा र उत्पिडित जनताको पक्षमा कलम चलाउनुपर्ने बताए।उनले पत्रकारिता क्षेत्रमा पनि दलालिकरण बढेको उल्लेख गर्दै दलाल पत्रकारिताले देश र जनताको हित नगर्ने बताए। दलाल पत्रकारिता अन्त्यको लागि दलाल संसदिय व्यवस्थाको अन्त्य आवश्यक भएको बताउँदै वैज्ञानिक समाजवाद स्थापना गर्न सबै शक्ति एकजुट हूनुपर्ने उनको भनाई थियो।
भेलालाई सम्बोधन गर्दै ने.क.पाका केन्द्रीय सदस्य तथा विशेष अतिथि संगम आरसीले दलाल संसदिय व्यवस्था असफल भइसकेको दाबि गर्दै यसको फैसला गर्ने अधिकार जनतालाई दिनुपर्ने उनको भनाई थियो।उनले सरकारले आफ्नो पार्टीसँग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगरेर गैह्रजिम्मेवारीपन प्रस्तुत गरेको बताउँदै सहमति अविलम्ब कार्यान्वयन गर्न माग गरे । जनपत्रकारहरूले आवाजविहिन जनताको आवाज उठाउनुपर्ने बताउँदै जनपत्रकार संगठनका सदस्यहरूलाई जनताका पक्षमा कलम चलाउन निर्देशन दिए।

भेलामा नेकपाका जिल्ला सेक्रेटरी अनन्त लगायतले भेलाबाट चयन गरिएका पदाधिकारी तथा सदस्यहरूलाई बधाई सहित कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए। विरेन्द्र शाहीको अध्यक्षतामा सम्पन्न भेलालाई अखिल (क्रान्तिकारी)जाजरकोट सचिव तिलक बिष्टले सन्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :