३ बुँदे कार्यन्वयन गर्ने कि बन्दुकको आवाज सुन्ने ?: दिनेश विक्रम चन्द

३ बुँदे कार्यन्वयन गर्ने कि बन्दुकको आवाज सुन्ने ?: दिनेश विक्रम चन्द

रोल्पा: नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रोल्पाका जिल्ला सेक्रेटरी दिनेश विक्रम चन्द ‘मानव’ले सरकार र नेकपा बीच भएको ३ बुँदे कार्यन्वयन नभए बन्दुकको आवाज सुनाउने चेतावनी दिए । आइतबार सम्पन्न पत्रकारहरुको एक कार्यक्रमका बीच उनले ३ बुँदे कार्यन्वयन गर्ने कि बन्दुकको आवाज सुन्ने ? भन्दै वार्ता र संवादद्वारा सरकार र नेकपा बीच भएका सहमतिहरुलाई कार्यन्वयन गर्न दबाब दिएका हुन् ।

पार्टी शान्तिपूर्ण बाटो हिड्न प्रतिबद्द रहेको जिकिर गर्दै चन्दले भने, ‘शान्तिपूर्ण बाटोमा आएपछि पनि हाम्रा साथीहरु अझै जेलमा हुनुहुन्छ, ३ बुँदे कार्यन्वयन अझै हुन सकेको छैन, किन ?’

सम्बोधनका क्रममा चन्दले संसदीय व्यवस्थाको विकल्प रोज्न जनमत संग्रणमा सामेल हुन राजनैतिक दललाई पनि आग्रह गरे । समाजवादी व्यवस्थाका लागि प्रगतिशील संयुक्त सरकार निर्माण आवश्यकता रहेको चन्दले बताए ।

एक फरक प्रसंगमा प्रचण्ड वैचारिक रुपमा स्खलित भइसकेको चन्दले दावी समेत गरे । ‘संसदीय व्यवस्थाको विरुद्द लड्न सिकाउने प्रचण्ड त्यही व्यवस्थामा फस्नु वैचारिक रुपमा सक्किनु हो’ उनले भने ।

नेकपा आवद्द जनपत्रकार संगठन नेपाल जिल्ला समिति रोल्पाले आइतबार आयोजना गरेको तेस्रो जिल्ला सम्मेलनमा दिनेश विक्रम चन्दले प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :