जनताको स्वास्थ्यप्रति यो व्यवस्था जबाफदेही र जिम्मेवार छैन

जनताको स्वास्थ्यप्रति यो व्यवस्था जबाफदेही र जिम्मेवार छैन

 कोरोना भांइरस महामारीको पछिल्लो अवस्था (देश–विदेश) के छ ?

विश्वभरि फैलिरहेको नोबेल कोरोना भाइरस (covid 19) को प्रकोपले नेपाललगायत विश्वका विभिन्न देशहरू हालसम्म पनि पूर्ण तथा आंशिक बन्दाबन्दीमा रहेको अवस्था छ । यसबाट सारा विश्वकै अर्थव्यवस्थामा ठूलो क्षति पुगेको छ । नेपालका सन्दर्भमा समेत विभिन्न कलकारखानालगायत पसल–व्यवसायहरू ठप्प छन् । त्यसका साथसाथै विश्वस्वास्थ्यका सन्दर्भमा पनि कोरोना भाइरसका कारण हालसम्म विश्वभर २१,२४,४१,३९६ जनामा सङ्क्रमण देखापरेको छ भने हालससम्म ज्यान गुमाउनेको सङ्ख्या ४४,४२,२८२ पुगेको छ । हाल कोरोनाको तेस्रो भेरियन्ट देखिएको छ । नयाँ भेरियन्टको विकास भएसँगै यसको infectivity पनि बढ्दो छ जसका कारण अघिल्लो समयमा भन्दा बढी सचेत रही यसका असरहरू हरसम्भव कम गर्नका लागि तयारी अवस्थामा रहन जरुरी छ ।

नेपालमा कोरोनाको तेस्रो भेरियन्ट आएको बिषयमा एउटै मत देखिएन नि ?

कोरोना भाइरसका बारेमा स्वास्थ्य मन्त्रालयले लगातार press meet तथा briefing गर्दै आइरहेको छ । यस सम्बन्धमा मन्त्रालयको आधिकारिक सूचना तथा विश्व स्वास्थ्य सङ्गठनको सूचनालाई मात्र आधिकारिक मान्न सकिन्छ । त्यसैले सम्पूर्ण नेपाली जनसमुदायलाई हल्लाको पछाडि नलागी आधिकारिक समाचार माध्यम तथा मन्त्रालयको सूचनाको मात्र विश्वास गर्नुहुन मेरो आग्रह छ ।

कसरी थाहा पाउने कोरोनाको नयाँ भेरियन्टका बारेमा ? अघिल्ला भेरियन्ट र तेस्रो भेरियन्टमा जोखिम कस्तो छ ?

कोरोनाको सुरुआती चरणमा ज्वरो बढी आउने, शरीर गल्ने, थकान महसुुस हुने, झाडापखाला, बान्ताजस्ता लक्षणहरू देखापरेको थियो । पछिल्लो चरणमा सामान्य रुघाखोकी, सामान्य ज्वरो, सामान्य झाडापखालाका साथै सामान्य शरीर तथा टाउको दुखेको बिरामीलाईसमेत कोरोना positive देखिएको अवस्था छ । तेस्रो भेरियन्ट अघिल्ला भेरियन्टहरूभन्दा अझ बढी  infective रहेको बिज्ञहरूको दाबी रहेको छ । तेस्रो भेरियन्टको  mortality rate तथा  infectivity पनि बढी रहेकाले जोखिम बढ्दो रहेको छ ।

अहिलेसम्मको तथ्याङ्क हेर्दा नेपालमा कोरोना सङ्क्रमणका बिरामी, मृत्यु र असरहरू केकस्तो देखिन्छ ?

नेपालको तथ्याङ्क हेर्दा हालसम्म ३८,३०,६९१ जनामा गरिएको परीक्षणबाट ७,४७,४३३ जनामा सङ्क्रमण देखापरेको छ भने हालससम्म ज्यान गुमाउनेको सङ्ख्या १०,५०९ पुगेको छ । त्यसैगरी निको हुनेको सङ्ख्या ३८,७५१ रहेको छ । कोरोना भाइरसले मुख्यतया फोक्सोमा असर गरी न्युमोनियालगायतका अन्य श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउने र fatality बढी मृत्युसमेत हुने अवस्था रहेको छ ।

मेडिकल माफियाहरूको त्यस्ता क्रियाकलापको हाम्रो सङ्गठनले सदैव खुलेर बिरोध गरिरहेको छ । जनताको स्वास्थ्यसँग खेल्ने अधिकार कसैलाई छैन । गाँस, बास, कपास, स्वास्थ्य तथा रोजगारीको राज्यले ग्यारेन्टी गर्नुपर्ने हुन्छ । तर संसदीय राज्यव्यवस्थामा चरम भ्रष्टाचार हुने भएकाले त्यो सम्भव देखिँदैन । तसर्थ वैज्ञानिक समाजवादको नारा लिएर हाम्रो पार्टी सङ्गठन अघि बढिरहेको छ । वैज्ञानिक समाजवादमा मात्र यी सब सम्भव हुन सक्छ । हामी हाम्रो सङ्गठनका तर्फबाट रातो खबरमार्फत देशका बुद्धिजिवी, समाजसेवीलगायत सम्पूर्ण वर्गलाई वैज्ञानिक समाजवाद प्राप्तिको बाटोमा अघि बढ्न र हाम्रो अभियानलाई साथ दिनका लागि अपिल पनि गर्न चाहन्छौँ । कोरोना भाइरस विश्वसामु महामारीका रूपमा फैलिरहँदा पुँजीवादी देशहरूले यसको समाधान दिन सकिरहेको देखिँदैन । यो पुँजीवादी व्यवस्था असफल भएको छ । राजनीतिक, आर्थिक तथा सामाजिक रूपमा नै संसदीय पुँजीवाद असफल सिद्ध भएको छ । सबै समस्याहरूको समाधान वैज्ञानिक समाजवाद हो ।

जनस्वास्थ्यकर्मी महासङ्घले कोरोना नियन्त्रणका लागि केकस्तो काम गरिरहेको छ ?

कोरोना भाइरस नियन्त्रणका लागि विभिन्न खालका जनचेतनामूलक कार्यक्रमहरू दिँदै आइरहेको छ । विभिन्न Help desk सञ्चालन गर्ने, पर्चा–पम्पलेटहरूका माध्यमबाट कोरोना भाइरस लाग्नबाट बच्नका लागि के गर्ने भन्ने सम्बन्धमा जनचेतना फैलाउने, विभिन्न ठाउँको बढी प्रभावित क्षेत्रलाई छनोट गरी swab सङ्कलन गर्ने, camp सञ्चालन गर्ने, isolation  center मा रहेका बिरामीहरूको अवस्था पत्ता लगाई उपचारमा पनि सहयोग गर्ने काम गरिरहेका छौँ । साथै दीर्घकालीन योजनाअन्तर्गत हाम्र्रो पार्टीले नेपालका विभिन्न जिल्लाहरूमा अस्पताल निर्माणकार्य अगाडि बढाइसकेको छ ।

सरकारले कोरोना रोकथामका लागि गरिरहेको पहलका बारेमा तपाईंहरूको संस्था/सङ्गठनको के छ मूल्याङ्कन ?

सरकारले कोरोना नियन्त्रणका लागि गरेको पहल मेरो बुझाइमा पर्याप्त छ भन्ने लाग्दैन । सुरुसुरुका दिनहरूमा हामीले प्रत्येक नाकालाई कडाइका साथ निगरानी गर्ने, कोभिड १९ देखिएका वडालाई सिल गर्ने, तुरुन्त भ्याक्सिनका लागि पहल गर्नुपर्ने, सीमामा प्रवेश गर्ने प्रत्येक व्यक्तिलाई अनिवार्य रूपमा quarantine मा राखेर swab परीक्षण गरी negative आएमा मात्र समाजमा घुलमिल हुने वातावरण बनाउन सकेको भए सुरुमा नै यसको बढ्दो जोखिमबाट बच्न सकिन्थ्यो । गरिब, दुःखी जनताको गाँस, बास, कपास, शिक्षा तथा स्वास्थ्यको सुनिश्चितता गर्नुपर्ने अवस्थामा सरकारले विभिन्न बहानामा आफ्नो अनुकूलतामा बन्दाबन्दी गर्ने, आफ्नै अनुकूलतामा बन्दाबन्दी खुकुलो बनाउने तथा जनताबाट लाजमर्दो तवरले कर उठाउने गरेको कार्यप्रति हाम्रो सङ्गठनको ध्यानाकर्षण भएको छ । PCR test को दायरा बढाएर जाँदा कोभिड १९ को positive सङ्ख्या बढ्छ, तुरुन्त action मा जानुपथ्र्यो तर PCR test को दायरा आफ्नो अनुकूलतामा मात्र भयो । जनताको स्वास्थ्यलाई ध्यानमा राखी गरेको पाइएन ।

यसअघिका सरकारको समयमा कोरोना स्वास्थ्य सामग्रीमा समेत भ्रष्टाचार र कमिसनको खेल भएको सुनिएको थियो । अहिलेका स्वास्थ्य राज्यमन्त्री पनि निर्बिबाद देखिएनन् नि ?

यो संसदीय व्यवस्थामा जोकोही आए पनि आफ्नो स्वार्थपूर्ति गर्नेबाहेक केही हुन सक्दैन । यो व्यवस्थामा व्यापक भ्रष्टाचार मौलाउने गरेको छ । विगतका दिनहरूले त्यही देखाउँछ भने त्यही व्यवस्थाको राज्यमन्त्रीले त्यस्तो कार्य गर्नु स्वाभाविक नै हो । मेडिकल माफियाहरूको त्यस्ता क्रियाकलापको हाम्रो सङ्गठनले सदैव खुलेर बिरोध गरिरहेको छ । जनताको स्वास्थ्यसँग खेल्ने अधिकार कसैलाई छैन । गाँस, बास, कपास, स्वास्थ्य तथा रोजगारीको राज्यले ग्यारेन्टी गर्नुपर्ने हुन्छ । तर संसदीय राज्यव्यवस्थामा चरम भ्रष्टाचार हुने भएकाले त्यो सम्भव देखिँदैन । तसर्थ वैज्ञानिक समाजवादको नारा लिएर हाम्रो पार्टी सङ्गठन अघि बढिरहेको छ । वैज्ञानिक समाजवादमा मात्र यी सब सम्भव हुन सक्छ । हामी हाम्रो सङ्गठनका तर्फबाट रातो खबरमार्फत देशका बुद्धिजिवी, समाजसेवीलगायत सम्पूर्ण वर्गलाई वैज्ञानिक समाजवाद प्राप्तिको बाटोमा अघि बढ्न र हाम्रो अभियानलाई साथ दिनका लागि अपिल पनि गर्न चाहन्छौँ । कोरोना भाइरस विश्वसामु महामारीका रूपमा फैलिरहँदा पुँजीवादी देशहरूले यसको समाधान दिन सकिरहेको देखिँदैन । यो पुँजीवादी व्यवस्था असफल भएको छ । राजनीतिक, आर्थिक तथा सामाजिक रूपमा नै संसदीय पुँजीवाद असफल सिद्ध भएको छ । सबै समस्याहरूको समाधान वैज्ञानिक समाजवाद हो ।

तपाईंहरू कोरोना सङ्क्रमितहरूका लागि क्याम्प र अस्पतालहरू प्नि बनाउँदै हुनुहुन्थ्यो नि ?

हो, हामीले हाम्रो संस्था अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घले अगाडि बढाएको सम्पूर्ण कार्यलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको छ । हाम्रो संस्थाले कपिलवस्तु, कालीकोट, रुकुम, रोल्पा, चितवन, मकवानपुर, बारा, पर्सालगायतका जिल्लामा कोभिड १९ को नियन्त्रणलाई ध्यानमा राखेर विभिन्न क्याम्पहरू सञ्चालन गर्दै आईरहेको छ । त्यसै क्रममा कतिपय ठाउँमा अस्थायी अस्पताल समेत स्थापना गरेर ISOLATON CENTER सञ्चालन गरी जनताको स्वास्थ्य परीक्षण गरी उपचारसमेत गर्दै आइरहेका छौँ । हाल हाम्रो पार्टीका तर्फबाट अस्पताल निर्माण भैरहेको छ ।

कोरोना र जनस्वास्थ्यको अवस्थाका बारेमा केही भनिदिनुस् न ?

अहिले विश्वव्यापी रूपमा फैलिरहेको यो महामारीलाई covid-19 को नाम दिईएको छ । यसले विश्वभरि नै ठूलो मानवीय क्षति पुर्याएको छ जसले गर्दा अर्थतन्त्रमा पनि ठूलो धक्का पुर्याएको छ । यसबाट नेपालको अर्थतन्त्रमा पनि गहिरो चोट पुगेको छ । नेपालको हालसम्मको तथ्याङ्कलाई हेर्दा हालसम्म ७,४७,४३३ जनामा सङ्क्रमण देखापरेको छ भने हालससम्म ज्यान गुमाउनेको सङ्ख्या १०,५०९ पुगेको छ । तसर्थ यस महामारीलाई सामान्य रूपमा लिनु हुँदैन । यसले जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पुर्याउँदै आएको छ । जनताहरूको शारीरिक समस्याका साथसाथै मानसिक समस्यासमेत व्यापक मात्रामा बढ्दै गएको देखिन्छ । नेपालमा गरिबीको रेखामुनि रहेका जनता दिनभरि काम गरी साँझ पेट पाल्ने श्रमिक जनताका लागि निकै नै ठूलो चुनौती रहेको छ । तर राज्यको त्यतातिर ध्यान जान सकेको छैन ।

अरू थप केही भन्नु छ कि ?

यस covid-19 लाई जनताले सामान्य रूपमा लिनु हुँदैन । यसबाट बच्नका लागि स्वास्थ्य मापदण्डको पालना गर्न जरुरी हुन्छ । सुरुमा यसका लक्षण पहिचान गरी शङ्का लाग्दाबित्तिकै आफूलाई Isolation मा राखी यसको परीक्षण गर्ने, positive आएको खण्डमा home isolation मा बस्ने, स्वास प्रश्वासको समस्या आएको खण्डमा अस्पताल जाने । घरबाट निस्कँदा व्यक्तिगत दूरी कायम गरी मास्क तथा sanitizer को प्रयोग गर्ने । राज्यका तर्फबाट पनि पर्याप्त मात्रामा ध्यान पुग्न सकेको देखिँदैन । तसर्थ यस क्षेत्रमा काम गर्ने frontliners हरूलाई encourage गर्नेदेखि नीतिगत रूपमा गर्न सकिने सम्पूर्ण काममा कुनै कसर बाँकी राख्नु हुँदैन । सङ्क्रमणदर बढ्दो क्रममा भएकाले ICU सेटिङसहितका अस्पतालहरू पर्याप्त मात्रामा दायरा बढाउनुपर्ने देखिन्छ र भाबी सङ्कट समाधानका लागिसमेत तयारी अवस्थामा रहनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :