पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध कपिलवस्तुमा विरोध प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध कपिलवस्तुमा विरोध प्रदर्शन

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुको आयोजनामा जिल्लाको बाणगङ्गा–११ स्थित बरोवामा पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिविरुद्ध विरोध प्रदर्शन गरेको छ । सङ्गठनको पूर्वघोषित कार्यक्रम अनुसार बुधबार सङ्गठनले देउवा सरकार र आयल निगमको मिलेमतोमा गरिएको मूल्यबृद्धिविरुद्ध प्रदर्शन गरेको जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले बताए ।

कार्यक्रममा विज्ञानले देउवा सरकारले जनाताको ढाड सेक्ने गरि पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि तत्काल खारेज नगरे कडा प्रतिरोध गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले वर्तमान नेपाली राजनीतिक सङ्कटको समग्र निकास वैज्ञानिक समाजवाद भएको बताए । उनले असफल दलाल संसदीय व्यवस्थाविरुद्ध धावा बोल्न र यसको निस्तेज पार्नका लागि सबै युवा विद्यार्थी एकजुट हुनुपर्ने बताए । विज्ञानले अहिले सरकार र आयल निगमको मिलेमतोमा पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गर्नु असफल व्यवस्था भित्रको एक षड्यन्त्र भएको बताए । त्यसैले विदेशीको योजनामा निर्देशित सरकारले तत्काल महँगी नियन्त्रण नगरे कडा प्रतिरोध गर्ने क्षेत्रीले चेतावनी दिए ।

कार्यक्रम जिल्ला सदस्य नम्रदा चौधरीको सञ्चालनमा समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :