सिन्धुपाल्चोकमा भएको बस दुर्घटनाप्रति नेकपाद्वारा दुःख व्यक्त

सिन्धुपाल्चोकमा भएको बस दुर्घटनाप्रति नेकपाद्वारा दुःख व्यक्त

नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले बुधबार वाफलबाट कालिका हुँदै काठमाडौँ जानेक्रममा सुनकोशी गाउँपालिकाको कालिकामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकका जिल्ला इन्चार्ज प्रविण र जिल्ला सेक्रेटरी युगीनद्वारा जारी संयुक्त हस्तारित प्रेस विज्ञप्तीमा उक्त बस दुर्घटनामा ज्यान गुमाएका २ जनाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् भने दुर्घटनामा घाइते भएका ४१ जनाको स्वास्थ्य लाभको कामना गरेका छन् । उक्त दुर्घटनामा ज्यान गुमाएका परिवारजनप्रति गहिरो संवेदना व्यक्त गर्दै घाइते सबैको तत्काल निशुल्क र राम्रो उपचारको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

साथै विज्ञप्तीमा भनिएको छ, –‘दुर्घटना हुनुको कारण पत्ता लगाई आगामी दिनमा यस्तो दुखद दुर्घटना नहोस् भन्ने तर्फ सम्बन्धित निकायको ध्यान जाओस् ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :