यिनै हुन समाचारको विषयलाई लिएर पत्रकारलाई ज्यान मार्ने धम्की दिने वनका अध्यक्ष

पत्रकार महासंघद्वारा कानुनी कारवाही गर्न माग

यिनै हुन समाचारको विषयलाई लिएर पत्रकारलाई ज्यान मार्ने धम्की दिने वनका अध्यक्ष

समाचारको विषयलाई लिएर अर्थ सरोकारको सुदूरपश्चिम व्युरो प्रमुख सुदर्शन श्रेष्ठ, क्यामेरा पर्सन हरी तिवारी तथा फूलवारी खबरका सम्वाददाता झलक दवाडीलाई ज्यान मार्ने धम्की आएको छ । फूलबारीको सिद्धार्थ सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कृष्ण गिरीले ज्यान मार्ने धम्की दिएका हुन् ।

सामुदायिक वन भित्रको गोलिया नियम विपरीत समुहका अध्यक्षले लगेको भन्ने समाचार लेखेको भन्दै अध्यक्ष गिरीले पत्रकारलाई धम्की दिएका हुन् । फोन गर्दै अध्यक्ष गिरीले आफु भएको ठाउँमा बोलाउँदै पत्रकारलाई अपशब्द प्रयोग गरेका छन् । तत्काल आफुले भनेको ठाउँमा उपस्थित नभए आफ्ना केटाहरु परिचालन गरि हातखुट्टा समेत भाँचीदिने धम्की दिएका हुन् ।

पत्रकार श्रेष्ठले वनमा रहेको सालको गोलिया अध्यक्षले नियम विपरीत आफ्नो घरमा लिएको र सव डिभिजन वन कार्यालयकै मिलेमतोमा तस्करी हुने गरेको समाचार अर्थ सरोकारमा प्रकाशन गरेका थिए। अध्यक्षले पत्रकारलाई दिएको धम्कीप्रति ध्यानाकर्षण भएको जनाउँदै नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समिति लगायत का पत्रकार सम्बद्ध संस्थाले कानुनी कारवाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :