पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध नवलपरासीमा विरोध प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध नवलपरासीमा विरोध प्रदर्शन

नवलपरासी : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) नवलपरासीले पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध विरोध कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) जिन्दावाद, दलाल सरकार मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, पेट्रोलियम पदार्थको मूल्यबृद्धि खारेज गर लगायतका नाराहरू लगाइएको थियो ।

कार्यक्रममा जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । पेट्रोलियम पदार्थ लगायत अन्य सबै वस्तुमा लागु गरिएको मूल्यबृद्धि तत्काल खारेज गर्न माग गर्दै उक्त विरोध प्रदर्शन कार्यक्रम गरेको अखिल (क्रान्तिकारी) नवलपरासीका जिल्ला सचिव सन्देशले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :