रामेछाप–काठमाडौँ सम्पर्क मञ्चको भेला आयोजक कमिटी गठन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनगण्तान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति नेपाल अन्तर्गत रामेछाप–काठमाडौँ सम्पर्कको भेला आयोजक कमिटी गठन भएको छ । उक्त कार्यक्रम जनगणतान्त्रिक सम्पर्क मञ्चको केन्द्रीय कार्यालय अनामनगरमा भेला सम्पन्न गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष कमानसिंह, महासचिव पूर्ण श्रेष्ठ र सचिवहरू सुशिल बलम्पाकी र खेम प्रधान रहेका थिए ।

उक्त कार्यक्रममा कमानसिंहले सम्पूर्ण क्रान्तिकारिहरू वैज्ञानिक समाजवाद स्थापना गर्न एक ढिक्का भई लागिपर्ने र हरेक जिल्लाबाट क्रान्तिकारी साथीहरू वैज्ञानिक समाजवाद ल्याउन एकताबद्ध भई लड्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :