नेकपा इलामको माई नगरपालिका भेला सम्पन्न

नेकपा इलामको माई नगरपालिका भेला सम्पन्न

इलाम : नेपाल कम्युनिस्ट पार्टी इलामको माइ नगरपालिकाको नगर भेला सम्पन्न भएको छ ।

अखिल क्रान्तिकारी इलामका जिल्ला संयोजक विनोद मगरले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता माइ नगर कमिटीका इन्चार्ज नवराजले गरेका थिए । उक्त भेलामा प्रमुख अतिथिका रूपमा पार्टीका जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य सुमनसिंह रहेका थिए भने अतिथिमा पार्टीका जिल्ला कार्यालय सदस्य अविनाश रहेका थिए ।

भेलामा सहभागी कार्यकर्ताहरूलाई प्रशिक्षण दिँदै इन्चार्ज सिंहले हामीले कम्युनिस्ट बनेर मात्र समाजलाई रुपान्तरण गर्न सकिने भएकाले आजको युवापुस्ता कम्युनिस्ट बन्नु पर्ने बताए । उनले पार्टीले जनमतसङ्ग्रहको प्रस्ताव अगाडि सारेको र यो विधि जनतालाई शान्तिपूर्ण निकास दिने बिधि भएकाले जनमतसङ्ग्रहमा संसदवादीहरू तयार हुनुपर्ने अन्यथा जनताले बिद्रोह गर्ने बताए । आफूहरू बलिदानको निम्ति तयार भएरै हिडेको हुनाले जनताको सपनामा कहिलै तुसारापात हुन नदिने इन्चार्ज सिंहले बताए ।

शनिबार भएको भेलाले १९ सदस्यीय नगर समितिसमेत गठन गरेको छ । त्यस्तै विद्यार्थी र युवाको पनि सम्मेलन आयोजक समिति तोक्दै सम्मेलनको मितिसमेत ठोस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :