नेकपा बारबर्दियाको भेला तथा जनसेवा सङ्गठन विस्तार अभियान

नेकपा बारबर्दियाको भेला तथा जनसेवा सङ्गठन विस्तार अभियान

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी बर्दियाको बारबर्दिया नगरपालिका ३ को वडा कमिटीको प्रथम भेला तथा जनसेवा सङ्गठन विस्तार अभियान शुक्रबार सम्पन्न गरेको छ । भेलाले मीनबहादुर बिकको नेतृत्वमा ११ सदस्यीय वडा कमिटी चयन गरेको छ ।

कार्यक्रमको अध्यक्षता तथा सञ्चालन वडा कमिटी अध्यक्ष मीनबहादुर बिकले गरेका थिए । प्रमुख अतिथि बारबर्दिया नगर इन्चार्ज लोकेश राज जोशीले सम्बोधन गरेका थिए । उनले घरघरमा नेकपा, टोलटोलमा कमिटी भन्ने उद्देश्यका साथ जनसेवा तथा सङ्गठन विस्तारमा लाग्न्न नगर कमिटीलाई निर्देशन दिए ।

उक्त कार्यक्रममा नगर सेक्रेटरी रमेशबहादुर बिक ‘बिजय’, अखिल नेपाल भूमिहीन सुकुमबासी सङ्घ बारबर्दियाका अगुवा नरबहादुर छिनाल, थारू मुक्ति मोर्चाका नेता बाबुलाल थारू अतिथि रहेका थिए ।

नेकपा बर्दिया जनसेवा तथा सङ्गठन विस्तार अभियानमा तिब्र रुपमा लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :