अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ ललितपुरको बैठक सम्पन्न

ललितपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ ललितपुरको तेस्रो पूर्ण बैठक शनिबार सम्पन्न भएको छ ।

महासङ्घका अध्यक्ष राजकुमार मगरको अध्यक्षतामा सप्पन्न बैठकले कमिटीको घनिभूत विस्तार गर्ने, पेशागत जिल्ला सङ्गठनका बैठक/भेला सम्मेलन गर्ने, पेशागत हकअधिकारको निम्ति सङ्घर्ष गर्ने, पूर्ण मजदुरका मुक्तिका निमित्त वैज्ञानिक समाजवादी राज्यव्यवस्था निर्माणको दिशामा अझ प्रगतिशील भएर बढ्ने निर्णयहरू गरेको छ ।

उक्त बैठकमा प्रमुख अतिथि नेकपा ललितपुर जिल्ला सेक्रेटरी बिशाल, विशेष अतिथि अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ राष्ट्रिय समन्वय समिति उपत्यका ब्युरो संयोजक शिशिर थापा र अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष लालबहादुर तामाङको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :