अनेमसङ्घ क्रान्तिकारी सैनामैनाको भेला सम्पन्न, अध्यक्षमा भट्टराई

अनेमसङ्घ क्रान्तिकारी सैनामैनाको भेला सम्पन्न, अध्यक्षमा भट्टराई

सैनामैना : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी सैनामैना, रुपन्देहीको दोस्रो नगर भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले देवी भट्टराईको अध्यक्षतामा १७ सदस्यीय नगर समिति निर्वाचित गरेको हो ।

कार्यक्रममा नेकपा रुपन्देही जिल्ला सेक्रेटरी विश्वासले विश्व तथा नेपालको कम्युनिस्ट आन्दोलनमा महिलाहरूको सहभागिता र भूमिका अतुलनीय रुपमा रहेको बताए । उनले अबको नेपालको राज्य सत्ता बदल्नका लागि सम्पूर्ण उत्पीडित महिलाहरू एकिकृत जनक्रान्तिको कार्यदिशामा समाहित हुनुपर्ने बताए ।

विश्वासले दलाल संसदीय व्यवस्थाको अन्त्य गरि वैज्ञानिक समाजवादी राज्य सत्ता निर्माणका लागि महिलाहरूले अबको नेपाली कम्युनिस्ट आन्दोलनलाई शसक्त रुपले अगाडि बढाउनुपर्ने बताए । उनले अबको नेपालको राजनीतिक यात्रामा आफ्नो पार्टी सबैभन्दा शक्तिशाली पार्टीको रुपमा स्थापित हुने भन्दै संसदीय व्यवस्थालाई निस्तेज पार्नुपर्ने बताए ।

अनेमसङ्घ क्रान्तिकारीकी केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष रेखा खनालले संसदीय व्यवस्थामा महिलाहरूको हक र अधिकार सुनिश्चित नरहेको बताइन् । उनले संसदीय व्यवस्थाले महिलाहरूको शोषण गरिरहेको भन्दै आफ्नो अधिकार प्राप्तिका लागि सम्पूर्ण महिलाहरू एकधिक्का भएर लड्नुपर्ने बताइन् । उनले संसदीय व्यवस्था पूर्ण रुपमा सबै हिसाबले पतन भइसकेको बताइन् ।

कार्यक्रममा नेकपाका सैनामैना नगर सेक्रेटरी वर्षा जिसी, नेकपाका जिल्ला सदस्य क्रमशः सन्देश, प्रेम चौधरी, सहिद परिवारकी तुल्सा पाण्डे, दलित मुक्ति मोर्चाका जिल्ला सचिव हर्क सुनार, युवा सङ्गठन नेपालका जिल्ला सचिव भक्त थापा, अखिल (क्रान्तिकारी) का जिल्ला सचिव पदम पराजुली लगायतको उपस्थिति रहेको बताइएको छ ।

सङ्गठनकी नगर अध्यक्ष देवी भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत दिलु सुनार र सञ्चालन लक्ष्मी घिमिरेले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :