अखिल नेपाल क्रान्तिकारी सिलाई मजदुर सङ्घको भेला/प्रशिक्षण सम्पन्न

अखिल नेपाल क्रान्तिकारी सिलाई मजदुर सङ्घको भेला/प्रशिक्षण सम्पन्न

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको सशक्त पेशागत सङ्घ अखिल नेपाल क्रान्तिकारी सिलाई मजदुर सङ्घको भेला/प्रशिक्षण सम्पन्न भएको छ ।

शनिबार काठमाडौँमा आयोजित उक्त भेलाले आयोजक समितिका संयोजक एवम् सिलाई मजदुर सङ्घका पुर्व उपाध्यक्ष मोहन घलेको संयोजकत्वमा १५ सदस्यीय आठौँ राष्ट्रिय सम्मेलन आयोजक समिति र ९ सदस्यीय युवा दस्ता गठन गरेको समाचारमा प्राप्त भएको छ ।

बिगत लामो समयदेखि सिलाई क्षेत्र मजदुरहरूले न्यून ज्याला, ठेकेदारी, सस्तो पिसरेट प्रणाली र असङ्ख्य स्वरोजगार मजदुरहरूले ठूला व्यवसायीहरूको अस्वस्थकर प्रतिस्पर्धा एवम् बिचौलियाहरूका कारण मार खेप्नु परेको मुख्य गुनासो रहने गरेको छ ।

कोभिड १९ पश्चात् सिलाई क्षेत्रका विभिन्न प्रतिष्ठानमा कार्यरत श्रमिक र स्वरोजगारहरू रोजगार बिहीन बन्न पुग्दा बिदेशिने क्रम बढिरहेको प्रशस्त रुपमा देख्न सकिन्छ । सिलाई मजदुरहरू न काम न पारिश्रमिकको अवश्थामा पुग्दासमेत रोजगारदाता पक्ष र सरकार दुबैको निरिहताका कारण परिस्थिति झन् चिन्ताजनक बन्न पुगेको देखिन्छ ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका केन्द्रीय संयोजक बिनोद थापा प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा महासङ्घका महत्वपूर्ण पेशागत सङ्घसंस्था र होटल तथा पर्यटन श्रमिक सङ्घ लगायत आयोजक सङ्गठन सिलाई मजदुर सङ्घका विभिन्न तहका सदस्यहरूको अतिथ्यता रहेको थियो ।

उत्पीडित जनता र श्रमिक वर्गको पूर्ण मुक्तिको निम्ति तय गरिएको राजनीतिक कार्यदिशा एकीकृत जनक्रान्तिमार्फत नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवाद–साम्यवाद र यसको निम्ति जनमतसङ्ग्रहमा जोड दिइरहेको प्रशङ्गलाई जोड दिँदै आफ्नो प्रतिबद्धता मन्तव्यका क्रममा संयोजक घलेले सिलाई मजदुरहरूको पूर्ण मुक्तिको निम्ति आफू सहिद बन्न तैयार रहेको बताएका थिए भने सोही क्रममा प्रमुख वक्तासमेत रहेका प्रमुख अतिथि संयोजक थापाद्वारा नवगठित युवा दस्तालाई टाउकोमा कफन बाँधेर शसक्त अघि बढ्न दिशानिर्देश गरे ।

आयोजक सङ्घको विभिन्न तहका सदस्यहरूको शालिन र शानदार उद्घोषण, स्वागत तथा शुभकामना मन्तव्य र सञ्चालनका साथ भव्य र शभ्य सम्पन्न प्रशिक्षणात्मक उक्त भेला कार्यक्रम सम्पूर्ण श्रमिक सहिद, बेपत्ता र घाइतेहरूको उच्च सम्मानमा एक मिनेट मुठ्ठी उठाएर स्मरण गरि आरम्भ गरिएको थियो ।

यतिबेला नेकपाको जनवर्गीय सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ सम्पर्क, सङ्गठन बिस्तार, सङ्गठन सुदृढीकरण/शुद्धिकरण एवम् गठन तथा पुनर्गठन र सङ्घर्षका एजेण्डासहित श्रमिकहरूको बीचमा पुगेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :