मगर मुक्ति मोर्चा, नेपाल दाङको बैठक सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट मगर मुक्ति मोर्चा, नेपाल दाङ जिल्ला सम्मेलन आयोजक समितिको प्रथम बैठक घोराहीमा सम्पन्न भएको छ ।

बैठकले जिल्ला सम्मेलन गर्ने, पालिका स्तरीय भेला गर्ने, जनजातिका समस्याका बिषयमा सङ्घर्ष गर्ने, जिल्लामा मोर्चाको अगुवाइमा छलफल/अन्तरक्रिया गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको बताइएको छ ।

प्रथम बैठक नेकपाका दाङ जिल्ला सेक्रेटरी प्रदिपको प्रमुख आतिथ्य, मगर मुक्ति मोर्चा, नेपालका केन्द्रीय सदस्य तथा राप्ती संयोजक भिम प्रकाश पुनको आतिथ्यमा सम्पन्न भएको थियो ।

बैठकमा प्रशिक्षणात्मक मन्तव्य पार्टीका जिल्ला सेक्रेटरी तथा बैठकका प्रमुख अतिथि प्रदिपले राखेका थिए । नेता प्रदिपले समग्र जिल्लाको योजना र सङ्गठनको आगामी कामकाज र भूमिकाको बिषयमा मन्तव्य राखेका थिए ।

प्रथम बैठकको सञ्चालन तथा अध्यक्षता सङ्गठनका जिल्ला सम्मेलन आयोजक समिति संयोजक सेबेन्द्रले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :