थारू राष्ट्रिय मुक्ति मोर्चा, नेपाल दाङको बैठक सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट थारू राष्ट्रिय मुक्ति मोर्चा नेपाल दाङको सम्मेलन आयोजक समितिको प्रथम बैठक बिहीवार घोराहीमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सेक्रेटरी प्रदिपको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो ।

बैठकले जिल्ला सम्मेलन गर्ने, पालिका स्तरमा भेला गर्ने, भेटघाट, छलफल÷अन्तरक्रिया गर्ने, थारू हकहित र अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको जनाइएको छ ।

बैठकमा नेकपा दाङका सेक्रेटरी प्रदिपले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । पार्टीको कार्यनीतिक योजना र जिल्लाको समग्र सांगठनिक कामकारवाहीको बिषयमा महत्वपूर्ण मन्तव्य राख्दै सेक्रेटरी प्रदिपले एकीकृत जनक्रान्ति मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिन जनमतसङ्ग्रहको बाटोमा पार्टी दृढतापूर्वक अघि बढेको बताए ।

जिल्ला सम्मेलन आयोजक समितिको प्रथम बैठकको सञ्चालन तथा अध्यक्षता मोर्चाका जिल्ला संयोजक चुलुवा चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :