स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको शानदार जित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको शानदार जित

काठमाडौँ : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सोसीडाडलाई पराजित गरेको छ । आइतबार राति रियल सोसीडाडलाई बार्सिलोनाले ४–२ गोलले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेटले दुई गोल गरे भने जेरार्ड पिके र सेर्जी रोबर्टोले एक/एक गोल गरेका थिए ।

सोसीडाडका जुलेन लोबेटे र मिकेल ओयार्जाबलले एक/एक गोल फर्काएका थिए । जितसँगै बार्सिलोनाले सिजनको पहिलो खेलबाट ३ अङ्क जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :