नेकपा बगनासकाली गाउँपालिकाको भेला सम्पन्न

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी बगनासकाली गाउँपालिकाको प्रथम भेला सम्पन्न भएको छ । आइतबार बगनासकाली गाउँपालिकाको झिरेभज्याङ्गमा प्रथम भेला सम्पन्न भएको हो ।

उक्त भेलाले इश्वरी विकलाई सेक्रेटरीमा चयन गरेको छ । भेलाले ९ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको छ ।

भेलामा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज अपेक्षा, विशिष्ट अतिथि नेपाल कम्युनिस्ट पार्टी पाल्पा जिल्ला इन्चार्ज प्रभात, जनपत्रकार सङ्गठन, नेपाल पाल्पाका मुक्ति गैरे रहेका थिए भने कार्यक्रम सञ्चालन बिकासले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :