नेकपा त्रियुगा नगरको भेला तथा प्रशिक्षण सम्पन्न, विभिन्न पार्टीका ११ जना ध्रुबीकृत

नेकपा त्रियुगा नगरको भेला तथा प्रशिक्षण सम्पन्न, विभिन्न पार्टीका  ११ जना ध्रुबीकृत

उदयपुर: कम्युनिस्ट पार्टीको उदयपुर जिल्ला अन्तरगत त्रियुगा नगर समितिको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
करिब दुइ सयको उपस्थिति रहेको कार्यक्रम उदयपुर जिल्लाको सदरमुकाम गाइघाट बजारमा सम्पन्न भएको कार्यक्रममा अन्य विभिन्न पार्टीमा कृयाशिल रहेका ११ स्थानीय नेताहरु नेपाल कम्युनिस्ट पार्टीमा ध्रुबीकृत भएका छन् । ध्रुबीकरणको प्रक्रियामा नेपाली काङ्ग्रेसबाट गुरु बहादुर बस्नेत, बिमला खत्री ध्रुबीकृत भएका छन् । एमालेबाट उर्मिला कार्की, दिपक बस्नेत र माओवादी केन्द्रबाट सबिना राई, डम्बरी राई, सरिता नेपाली रहेका छ्न् भने कमल बहादुर राउत र किशोर मगर स्वतन्त्र व्यत्तिmहरु ध्रुवीकरणमा आएको जिल्ला पार्टीको कार्यालय सचिव दुर्गा तामाङले बताए । ध्रुबीकृतहरुलाई प्रमुख अतिथि र अतिथिहरुले दोसल्ला र अबिर लगाएर स्वागत गरे ।
उक्त कार्यक्रमको अध्यक्षता नगर पार्टी इन्चार्ज मिन प्रसाद पोख्रेलले गरेका थ्एि भने प्रमुख अतिथि जिल्ला पार्टी सेक्रेटरी लक्ष्मण पौड्याल रहेका थिए । प्रमुख अतिथि पौड्यालले कार्यक्रममा बोल्दै देश अहिले दलाल पुजीवादी सत्ताको कारण गम्भिर संकटमा परेको भन्दै त्यसको निकासका लागि दलाल पुजीवादी सत्ताको ठाँउमा वैज्ञानिक समाजवादी सत्ता, संसदीय सरकारको ठाँउमा संयुत्तm प्रगतिशील सरकार र संसदिय निर्वाचनको विकल्पमा व्यवस्था छान्ने जनमत संग्रहमा जानु अहिलेको अग्रगामी र दिर्घकालिन निकास रहेको धारण राखे । पार्टीको यो बिचार सबै जनताको माझ पुर्याइ जनतालाई संगठित गरेर छिट्टै नेपालमा वैज्ञानिक समाजवाद स्थापना हुने विश्वास व्यक्त गरे । राज्यसत्ताको भ्रुण भएको पार्टीलाई आत्मानिर्भर बनाउन नेता कार्यकर्तालाई श्रम उत्पादनमा जोड्ने, पार्टी नीतिलाई दर्होसँग पकड्ने र त्यसले देश, जनतालाई आत्मानिर्भर र स्वाधीनता बनाउने बिचार राखे । कार्यक्रमको अन्तमा राज्यले नेकपासँग गरेको तीन बुँदे सहमति इमान्दारपूर्वक कार्यन्वयन नगरे जनताको संघर्षबाट सडकबाटै फैसला गर्ने चेतावनी समेत दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :