नेपाल गणतान्त्रिक खेलकुद महासंघ दाङको प्रथम भेला सम्पन्न

नेपाल गणतान्त्रिक खेलकुद महासंघ दाङको प्रथम भेला सम्पन्न

तुलसीपुर : नेपाल गणतान्त्रिक खेलकुद महासंघ दाङ जिल्लाको प्रथम जिल्ला भेला आइतबार तुलसीपुरमा सम्पन्न भएको छ । ‘सबैका लागि खेलकुद, खेलकुदमा वैज्ञानिक नयाँ संरचना र परिवर्तन’ भन्ने मूल नाराका साथ गणतान्त्रिक महासंघको प्रथम जिल्ला भेला सम्पन्न भएको हो ।

प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी दाङ जिल्ला सेक्रेटरी प्रदिपले खेलकुदमा नातावाद, कृपाबाद हावी भएको भन्दै नेपाली खेलाडिहरुले खेल क्षेत्रबाट आफ्नो भबिष्य सुनिश्चित गर्न नसकेको बताए । उनले भने,–‘यो भ्रष्ट सत्ताको खेलकुद संरचना र नातावाद, कृपावादले गर्दा नेपाली खेलाडिहरु विदेश गएर बरालिएका छन् ।’

ग्रामीण भेगका खेलाडीहरु खेलकुदमा सम्मानजनक अबसर प्राप्त गर्न नसक्नु यो व्यवस्थाको कारण भएको नेता प्रदिपको भनाइ थियो । यो व्यवस्था बदल्न नसके खेलकुद क्षेत्र अझ धराशायी बन्ने नेता प्रदिपको उद्घोष थियो ।
खेल क्षेत्रको आमूल परिवर्तन वैज्ञानिक समाजवादी राज्यसत्तामा मात्र सम्भब भएको बताउदै नेता प्रदिपले नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, खेल क्षेत्र लगायत तमाम समस्याको समाधान दिन बृहत राजनीतिक समिक्षा भेलाको आयोजना गर्नुपर्ने धारणा राखे । उनले अहिलेको सरकार विघटन गरि सबैको साझा प्रगतिशील संयुक्त सरकार गठन गरेर जनमतसंग्रहमार्फत दलाल पुजीवादी संसदीय व्यवस्था कि जनताको वैज्ञानिक समाजवादी व्यवस्था भन्ने बिषयमा जनमतद्वारा व्यवस्था चुन्ने अधिकार जनतालाई दिनुपर्ने एजेन्डा आफ्नो पार्टीले लिएको बताए ।

नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सेक्रेटरी प्रदिपको प्रमुख आतिथ्यमा भएको भेलामा नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य द्वय कमल आर।सी।, रुद्र वली, नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कार्यालय सदस्य तथा शान्तिनगर(दंगिशरण गाउँपालिका इन्चार्ज निर्मल, नेकपा तुलसीपुर उपमहानगर इन्चार्ज विकास, युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा नेकपा घोराही उपमहानगर इन्चार्ज तिलक, अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अमर, अखिल नेपाल शिक्षक संगठन दाङका कोषाध्यक्ष मेघराज घिमिरे, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङ जिल्ला अध्यक्ष संजय, नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्लाका सदस्यहरु इश्वरी, खेमराज, अतुल लगायत युवा संगठन नेपाल दाङ जिल्ला अध्यक्ष तुलसी, युवा नेता तथा खेलाडी बिरेन्द्रको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अखिल नेपाल शिक्षक संगठन कोषाध्यक्ष मेघराजघिमिरे, अखिल९क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अमर, युवा संगठन नेपालका केन्द्रीय सदस्य तिलक, नेकपा तुलसीपुर नगर इन्चार्ज विकास, नेकपा दाङ जिल्ला कार्यालय सदस्य तथा शान्तिनगर(दंगिशरण गाउँपालिका इन्चार्ज निर्मलले शुभकामना मन्तव्य राखेका थिए । मन्तव्यको क्रममा नेताहरुले स्वास्थ्य र राष्ट्रका लागि खेल भएको भन्दै महासंघले निरन्तर खेल क्षेत्रमा हुने विकृति विसंगतिका विरुद्ध निर्मम संघर्ष गर्ने सक्ने कमिटी गठनको शुभकामना व्यक्त गरेका थिए ।

दाङ जिल्लाको प्रथम जिल्ला भेलामा शुभकामना मन्तव्य राख्दै नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य रुद्र वलीले खेलकुदको पुरानो संरचनालाइ वैज्ञानिक नयाँ संरचनामा रुपान्तरण गर्नुपर्ने धारणा राखे । खेलाडिहरु इमानदार, अनुशासित हुनुपर्ने नेता रुद्रको भनाइ थियो । उनले खेलकुदमा नातावाद, कृपावाद रहेको भन्दै हुने खाने र हुँदा खानेका खेलाडी छोराछोरीको बिचमा राज्यले विभेद जन्माएको जिकिर गरे । नेता रुद्रले महासंघले पार्टीको नीति योजनामा रही खेलकुदमा आमूल परिवर्तनको लागि वैज्ञानिक समाजवादी राज्यसत्ता प्राप्तिको लागि सबै क्षेत्रका खेलाडिहरुलाई एकीकृत गर्नुपर्ने बताए ।

त्यस्तै शुभकामना मन्तव्य राख्दै नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य कमलले महासंघले विविध गतिविधिहरु पार्टीको योजना र नियन्त्रणमा रहेर संचालन गर्नुपर्ने बताए । उनले महासंघको विधी, विधानमा रही जिल्ला सबै खेलाडीलाई एकीकृत गर्दै जनक्रान्तिमा खेलकुदको उल्लेख्य योगदान गर्न आग्रह गरे ।

नेपाल गणतान्त्रिक खेलकुद महासंघको प्रथम जिल्ला भेलाले पेनकेक सिलात मार्सल आर्टका अन्तर्राष्ट्रिय खेलाडी विवेक कुमार विकको संयोजकत्वमामा १७ सदस्यीय सम्मेलन आयोजक समिति चयन गरेको छ ।
महासंघका जिल्ला संयोजक विवेक कुमार विकको अध्यक्षतामा आयोजित भेलामा स्वागत मन्तव्य खेलाडी अजय दुलालले राखेका थिए भने निर्वाचित कमिटीलाई बधाई मन्तव्य युवा नेता तथा खेलाडी बिरेन्द्रले राखेका थिए । प्रथम जिल्ला भेला कार्यक्रमको सहजीकरण युवा संगठन नेपालका दाङ जिल्ला इन्चार्ज मनोजले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :