महासचिव विप्लवद्वारा प्रताप धामीप्रति हार्दिक श्रद्धाञ्जली

पार्टी केन्द्रीय सदस्य अग्नीलाई पितृशोक

महासचिव विप्लवद्वारा प्रताप धामीप्रति हार्दिक श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेकपाका केन्द्रीय सदस्य दलबहादुर धामी ‘अग्नी’ का बुवा प्रताप धामीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् । महासचिव विप्लवले अग्नीलगायत शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन् । बैतडी पुर्चौडी न.पा.वडा नं.३ सल्लेबन निवासी ८५ बर्षे प्रताप धामीको आइतबार बिहान २ बजे निधन भएको थियो ।

महासचिव विप्लवद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य क. दलबहादुर धामी ‘अग्नी’ का बुवा बैतडी पुर्चौडी न.पा.वडा नं.३ सल्लेबन निवासी ८५ बर्षे प्रताप धामीको २०७८ साउन ३१ गते बिहान २ बजे भएको निधनले हामीलाई दु:खीत तुुल्याएको छ । दु:खको यस घडीमा मृतक बुवाप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’ शोक वक्तव्यको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :