अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकद्वारा विद्यालयको समस्या समाधानका लागि छलफल

अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकद्वारा विद्यालयको समस्या समाधानका लागि छलफल

सिन्धुपाल्चोक : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकले विद्यार्थीहरूका विभिन्न समस्या र विद्यालयमा भएको अनियमितता लगायतका विषयमा जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर १३ मा रहेको फटकशिला उच्च मा.वि.मा विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूसँग विशेष छलफल गरेको छ ।

उक्त विद्यालयले विद्यार्थीहरूसँग निजि विद्यालय जस्तै गरी शुल्क लिने गरेको, आर्थिक अनियमितता गरेको, विद्यार्थीहरूमाथिको हेपाहा प्रवृत्ति, धम्की दिने गरेको गुनासाे आएपछि अखिल (क्रान्तिकारी) ले उक्त विषयको ध्यानाकर्षणसहित छलफल गरेको हो ।

अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष रविन्द्र चौलागाईँको नेतृत्वमा विद्यालय व्यवस्थापन समिति, प्रअ. शिक्षक, विद्यार्थी तथा बुद्धिजीवीहरूसहितको छलफलले सम्पूर्ण विद्यार्थीहरूलाई शुल्कमा २० प्रतिशत छुट दिने, अनियमितता लगायतका विद्यार्थीहरू माथिको दुरव्यहारलाई छानबिन तथा निर्मूल पार्ने, तत्कालै सबै विद्यार्थीलाई प्रवेश पत्र दिने र १२ को रिजल्ट नआएसम्मको अवधिमा विद्यार्थीले शुल्क तिर्ने निर्णय भएको छ ।

उक्त विद्यालयले यसअघि सबै शुल्क नतिरेसम्म प्रवेश पत्र समेत नदिने भनी विद्यार्थीहरूलाई धम्की दिएको, १०,०००(दश हजार) भन्दा बढि शुल्क लिएको, शुल्क नतिरे परिक्षा दिन नदिने धम्की दिएको र धेरै अनियमितता गरेको कारण छलफल गरेको विद्यार्थी नेता रविन्द्र चौलागाईँले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :