स्कुलिङ विभाग दाङको बैठक सम्पन्न

स्कुलिङ विभाग दाङको बैठक सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला स्कुलिङ विभागको प्रथम पूर्ण बैठक शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्लाका इन्चार्ज शितलको प्रमुख आतिथ्य, नेकपा तुलसीपुर नगर इन्चार्ज विकास र नेकपा दाङ जिल्ला सदस्य विजयको आतिथ्यमा बैठक सम्पन्न भएको थियो ।

स्कुलिङ विभाग दाङको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै बैठकका प्रमुख अतिथि नेता शितलले पार्टी स्कुलिङको एकीकृत जनक्रान्तिको कार्यदिशामा महत्वपूर्ण भूमिका रहने बताए । उनले पार्टीका नेताकार्यकर्तामा स्कुलिङले नयाँ ज्ञान, सिप, दर्शन, समाजशास्त्र लगायतका थुप्रै वियवस्तुमा नयाँ अन्वेषणका साथै जोसजागर पैदा गर्ने बताए ।

दर्शनशास्त्र, वैज्ञानिक समाजवाद र राजनीतिक अर्थशास्त्रको स्कुलिङ संचालन गर्दा नेताकार्यकर्तामा वैचारिक स्पष्टता थप फराकिलो हुने भन्दै स्कुलिङ संचालन गर्नुपर्ने धारणा राखेका थिए ।

बैठकमा नेकपा तुलसीपुर नगर इन्चार्ज विकास र नेकपा दाङ जिल्ला सदस्य विजयले मन्तव्य राखेका थिए ।
बैठकले भाद्र दोस्रो सातादेखि स्कुलिङ संचालन गर्ने, स्कुलिङ संचालन गर्न पाठ्यसामग्री तथा थप जनशक्ति व्यवस्थापन गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको थियो ।

बैठकको सञ्चालन तथा अध्यक्षता स्कुलिङ विभाग दाङ जिल्ला इन्चार्ज रुद्रले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :