नेकपा ओखलढुङ्गाको दशौँ पूर्ण बैठक सम्पन्न

नेकपा ओखलढुङ्गाको दशौँ पूर्ण बैठक सम्पन्न

ओखलढुङ्गा : नेपाल कम्युनिस्ट पार्टी ओखलढुङ्गाको दशौँ पूर्ण बैठक सम्पन्न भएको छ । बैठक ओखलढुङ्गाको सदरमुकाम सम्पन्न भएको थियोे । राष्ट्रियता, जनतन्त्र र जिविकाको पक्षमा सङ्घर्ष गर्ने, अहिले नेपालको हितविपरीत हुन लागेको वैदेशिक परियोजना एमसीसी नेपाली राष्ट्र र जनताको निम्ति घात भएको हुँदा वर्तमान सरकारले सदनले पास गर्न लागेको हुँदा उक्त सम्झौता पास गर्न रोक्न दवाव मुलक सङ्घर्ष गर्ने, हत्या बलात्कार, भारतीय शासकको ज्यादतीका विरुद्धमा सङ्घर्ष गर्नेसमेत निर्णय गरेको छ ।

यस्तै भ्रष्टाचारी, कालोबजारी, जातीय छुवाछूत, सामाजिक अपराधका बिषयमा पनि सङ्घर्ष गर्ने निर्णय गरेको छ । अहिले नेपालको वर्तमान संसदीय व्यवस्थाले वर्तमान समस्याहरूको हल नगरेको कारणले यसको विकल्पमा पार्टीले अगाडि सारेको वैकल्पिक व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका निम्ति जनमतसङ्ग्रहलाई जनजनमा पुर्याउन अभियान चलाउने समेत निर्णय गरेको छ ।

बैठकको अध्यक्षता तथा सञ्चालन जिल्ला इन्चार्ज विवेक कुमालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :