अखिल (क्रान्तिकारी) CTEVT द्वारा प्रकाशित `प्रज्वल` को सार्वजनिक

अखिल (क्रान्तिकारी) CTEVT द्वारा प्रकाशित `प्रज्वल` को सार्वजनिक

काठमाडौँः अखिल (क्रान्तिकारी) CTEVT ले आफ्नो मुखपत्र `प्रज्वल`को पहिलो अंक सार्वजनिक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढा मगर `विषम`ले मुखपत्रको विमोचन गर्दै अहिले दलाल पुजीवादी शिक्षाले भडुवा विकासवादी जनशक्ति उत्पादन गरिरहेको र जीवन व्यवहारसँग जोडिन नसकेको बताए । प्रमुख अतिथि विषमले एकीकृत जनक्रान्तिका प्रथम विद्यार्थी सहिद प्रज्वल लगायत सम्पूर्ण महान सहिदहरुको वास्तविक सम्मान सहिदहरुको क्रान्ति र परिवर्तनको सपना पूरा गरेर मात्र हुने बताए । साथै प्रकाशनको निरन्तरताको शुभकामना दिए ।

कार्यक्रमका अतिथि अखिल (क्रान्तिकारी) का महासचिव प्रकाश शाहीले विद्यार्थीहरुमा आलोचनात्मक चेत हुनुपर्ने र अध्ययन अनुसन्धान गर्नुपर्ने कुरामा जोड दिए ।

एकीकृत जनक्रान्तिका प्रथम विद्यार्थी सहिद प्रज्वलको नामबाट मुखपत्र नामाकरण गरिएको मुखपत्रको सार्वजनिक कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्यहरु मिलन राई, पुष्प न्यौपाने, मुकुन्द श्रेष्ठ, केन्द्रीय सदस्य मदन चन्द लगायतले प्रज्वलको योगदानको चर्चा गर्दै मन्तव्य राखेका थिए । प्रज्वल अखिल (क्रान्तिकारी) का तत्कालीन केन्द्रीय सदस्य तथा CTEVT उपत्यका जिल्ला समितिको अध्यक्ष थिए । सहिद प्रज्वलको सम्मानमा मुखपत्रको नामकरण गरिएको एक विद्यार्थी नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :