श्रमिक कटौती बिरुद्ध अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको उपत्यका भरि ध्यानाकर्षण

श्रमिक कटौती बिरुद्ध अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन  महासंघको  उपत्यका भरि ध्यानाकर्षण

काठमाडौँ : नियमित कार्यक्रम अनुरुप नै नेकपा निकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महाँसंघले पेशागत घटक संगठन मार्फत ध्यानाकर्षण सार्वजनिक  गरेको समाचार छ।

साउन २७ गते महासंघ सम्बद्द घटक संघ, अखिल नेपाल क्रान्तिकारी होटल तथा रेष्टुरा श्रमिक संघ केन्द्रिय समितीले सम्बन्धित क्षेत्रको सवाल सहित ध्यानाकर्षण पेश गरेको छ। संघका केन्द्रिय अध्यक्ष सरोज न्यौपाने का अनुसार होटल संघ नेपाल (HAN) र रेष्टुरेन्ट एन्ड बार एसोसियसन (REBAN) लाई उक्त क्रममा ध्यानाकर्षण ज्ञापन गरिएको हो। भेटघाट तथा छलफल का क्रममा हान (HAN) को तर्फबाट सचिवालय सदस्य  टेक बहादुर महत र रेवान (REBAN) का तर्फबाट सचिवालय सदस्य राम गुरुङ ले छलफलमा सहकार्यमुलक सहभागिता जनाउनु भएको थियो। यस क्षेत्रमा मात्रै कोभिड १९ महामारी यता करिव १२ लाख मजदुर हरुले रोजगारी  गुमाउनु परेको थियो भने, कतिपय रोजगार दाता पक्ष आवश्यक  सम्बादको बाटो छोडी कानुनी बाटो लागेको मजदुरहरुको गुनासो रहेको छ।

यती बेला अखिल नेपाल क्रान्तिकारीले ट्रेड युनियन महाँसंघले उपत्यका भित्र रहेका विभिन्न उद्योग र प्रतिष्ठान मा बिगत देखिनै उत्पन्न श्रम बिवाद हल गर्न दबाव स्वरुप ध्यानाकर्षण सहित शशक्त संघर्ष गर्दै आइरहेको छ।

पुर्व निर्धारित कार्यक्रम अनुसार आजको भेटघाट कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रिय सदस्य द्वय क.रामशरण तिमल्सिना र भिम पौडेल  एबम महासंघको अर्को पेशागत संघ अखिल नेपाल क्रान्तिकारीले संघसंस्था श्रमिक संघका पदाधिकारी क.हरि रामदाम समेतको उपस्थिती रहेको थियो। पत्रमा, होटल,क्यासिनो, रेष्टुरेन्ट, बार, लगायत शेवाशुल्क लागू भएका र नभएका सबै क्षेत्रमा श्रमिकहरु चरम समस्यामा रहेकोले तत्काल समाधानको निम्ति माग पेश गरिएको पनि जनाइएको छ।

उक्त ध्यानाकर्षण पत्रको पुर्ण पाठ र माग पत्र यस प्रकार रहेको छ :–

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :