नेकपाद्वारा सल्यानको दार्मा गाउँपालिकामा अन्तरक्रिया

नेकपाद्वारा सल्यानको दार्मा गाउँपालिकामा अन्तरक्रिया

सल्यान : नेपाल कम्युनिस्ट पार्टी सल्यानले जिल्लाको दार्मा गाउँपालिकामा मङ्गलबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य असल क्षेत्रीले आजको राजनीतिक समस्याको कारण दलाल संसदीय व्यवस्था रहेको र यसको समाधान वैज्ञानिक व्यवस्था भएको कुरा राख्दै त्यसको बिधिको रुपमा जनमतसङ्ग्रहलाई सबैले स्वीकार्नुपर्ने बताएका छन् । उनले सबै क्रान्तिकारी कम्युनिस्टहरू बीच नयाँ धुर्विकरणको जरुरी रहेको र प्रचण्डहरू रुपान्तरण भएमा नेतृत्व र बिचार आफ्नो हुने गरि एकता वा मोर्चा बनाउन सकिने बताए ।

उक्त कार्यक्रममा नेकपा केन्द्रीय सदस्य सबिन, गाउँपालिका अध्यक्ष अरुण, नेकपा माकेका जिल्ला सदस्य प्रकाश रावत लगायतले आफ्नो बिचार राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :