अखिल (क्रान्तिकारी) मकवानपुरको तेश्रो पूर्ण बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) मकवानपुरको तेश्रो पूर्ण बैठक सम्पन्न

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुरको तेश्रो पूर्ण बैठक मङ्गलबार सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज नयनको प्रमुख आतिथ्यता, जिल्ला सेक्रेटरी वाटरको विशेष आतिथ्यता र हेटौँडा उप–महानगरपालिका सेक्रेटरी सुर्य अर्यालको आतिथ्यतामा उक्त बैठक बसेको हो ।

बैठकमा सङ्गठनका सम्पूर्ण जिल्ला समिति सदस्यहरूले आ–आफ्नो कार्यक्षेत्रको रिपोर्ट राखेका थिए भने अतिथि, विशेष अतिथि र प्रमुख अतिथिले रिपोर्टिङको क्रममा उठेका प्रश्नहरूको जवाफसहित सङ्गठन र पार्टीको भाव सम्प्रेषण गरेका थिए । बैठकले पारित गरेको निर्णय अनुसार जिल्ला सदस्यहरूको थपघटबाट बनेको २९ सदस्यीय कार्यसमितिको कार्यविभाजन यसप्रकार गरिएको छ –

(१) हेटौँडा उम–हानगरपालिकामा संयोजक सुर्यबहादुर गोले र सह–संयोजक शान्ति घलान (२) थाहा नगरपालिकामा संयोजक विक्रम घलान र सह–संयोजक निकेश ब्लोन (३) मनहरि गाउँपालिकामा संयोजक अमृता मगर र सह–संयोजक रुपेश रुम्बा (४) राक्सिराङ गाउँपालिकामा संयोजक ऐलोन राउत र सह–संयोजक रवि लामा (मनहरि+ राक्सिराङ गाउँपालिका इन्चार्ज ललित घलान) (५) कैलाश गाउँपालिकामा संयोजक रविन्द्र बल र सह–संयोजक राजकुमार तामाङ (६) बकैया गाउँपालिकामा संयोजक दिलमाया गोले र सह–संयोजक शास्त्र थापा (७) इन्द्र सरोवर गाउँपालिकामा संयोजक सर्मिला थोकर र सह–संयोजक स्वस्तिका श्रेष्ठ (८) बागमती गाउँपालिकामा संयोजक उमेश घलान र सह–संयोजक चन्दन कुशवाह (९) भीमफेदी गाउँपालिकामा संयोजक सुबाश तामाङ र सह–संयोजक सिद्धार्थ चौधरी (१०) गढी गाउँपालिकामा संयोजक अन्जन अर्याल र सह–संयोजक सम्झना लामा रहेका छन् ।

त्यस्तै बैठकले ९ सदस्यीय सचिवालय गठन गरेको छ । साथै बैठकले बाह्य आमन्त्रित विद्यार्थी सम्पर्क विभाग, +२ सम्पर्क विभाग, स्नातक तह सम्पर्क विभाग, स्नातकोत्तर तह सम्पर्क विभाग, छात्रा विभाग, स्वास्थ्य विभाग, स्कुलिङ विभाग र स्वयंसेवक विभाग गरी विभिन्न विभागहरू गठन गरेको छ ।

यसरी अखिल (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष विवेक घलानको सभाध्यक्षतामा बसेको बैठक विभिन्न महत्वपूर्ण निर्णयका साथ समापन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :