नेकपा तानसेन नगर समितिको दोस्रो पूर्ण बैठक सम्पन्न

नेकपा तानसेन नगर समितिको दोस्रो पूर्ण बैठक सम्पन्न

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले सदरमुकाम तानसेन नगर समितिको दोस्रो पूर्ण बैठक सम्पन्न गरेको छ । उक्त बैठक तानसेनको सदरमुकाममा सम्पन्न भएको होे । बैठकले १४ वडाको वडा सेक्रेटरी समेत चयन गरेको छ ।

प्रत्येक वडामा अनिवार्य तीन वडा पार्टी सेल समिति निर्माण गर्नेसमेत निर्णय गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकटका जनवर्गीय सङ्गठन नगर संयोजकहरू तोकेर जिम्मेवारी पूर्वक काममा लाग्न निर्देशन गरिएको छ । बैठकले नगरपालिकाका प्रत्येक वडाहरूमा वालपेन्टिङ्ग, जनघाती, राष्ट्रघाती कदमका विरुद्धमा सङ्घर्ष गर्ने, भ्रष्टाचार, महँगी, कालो बजारी, महिला हिंसा, जातीय छुवाछूतका बिषयमा सङ्घर्ष सञ्चालन गर्ने निर्यण गरेको छ । यस्तै बैठकले वैज्ञानिक समाजवादको पक्षमा जनमतसङ्ग्रहमा जान व्यापक तयारीसहित तीनबुँदे सहमति कार्यान्वयनमा दबाब दिने निर्णयसमेत गरेको छ ।

यस्तै बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज अपेक्षा प्रमुख अतिथि, पाल्पा जिल्ला सचिव प्रभात विशिष्ट अतिथि, जिल्ला कार्यालय सचिव बिकास, दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज निसान विक लगायतको उपस्थिति रहेको थियोे भने बैठक सञ्चालन तथा अध्यक्षता नगर सेक्रेटरी सुमनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :