नेकपाद्वारा नवलपुरमा गौतमको शोकसभा सम्पन्न

नेकपाद्वारा नवलपुरमा गौतमको शोकसभा सम्पन्न

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी नवलपुरले ज्ञानकुमारी गौतमको शोकसभा कार्यक्रम सम्पन्न गरेको छ । अखिल नेपाल शिक्षक सङ्गठन नवलपुरका अध्यक्ष रामप्रसाद गौतमको आमा ज्ञानकुमारी गौतमको साउन २० गते असायमिक निधन भएको थियो ।

शोकसभा कार्यक्रमका प्रमुख अतिथि तथा नेकपाका केन्द्रीय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले दिवङ्गत ज्ञानकुमारी गौतमको निधनले पार्टीलाई दुःखी बनाएको र पार्टीले एक अविभावक गुमाएको बताए । यस्तै नेकपा कपिलवस्तु–अर्घाखाँची जिल्ला इन्चार्ज जुझारु र नवलपुर जिल्ला इन्चार्ज ध्रुवले शोक मन्तव्य राख्दै दिवङ्गत आमाको पुख्र्याैली थलो बाग्लुङ रहँदादेखि नै पार्टीलाई अत्यन्तै माया र सहयोग गर्ने गरेको स्मरण गर्दै आमाको सहयोगको चर्चा गरेका थिए ।

शोक सभामा नेकपाका नेता तथा कार्यकर्ता एवम् स्थानीयहरूको उपस्थिति रहेको थियो । नेकपाका जिल्ला सेक्रेटरी शितलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन युवा सङ्गठन नवलपुरका अध्यक्ष अविनाशले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :