युवा सङ्गठन नेपाल सैनामैनाको संयोजकमा कृष्ण थारु

युवा सङ्गठन नेपाल सैनामैनाको संयोजकमा कृष्ण थारु

काठमाडौँ : रुपन्देही जिल्लाको सैनामैनास्थित गढवामा युवा सङ्गठन नेपालको टोल भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले कृष्ण थारूको संयोजकत्वमा ३९ सदस्यीय टोल कमिटी निर्माण गरेको हो ।

भेलामा नेकपा रुपन्देही जिल्ला सेक्रेटरी विश्वासले देशको जटिल र अस्थिर राजनीतिक परिस्थितिले युवाहरूको काँधमा महत्वपूर्ण जिम्मेवारी थपिदिएको बताए । उनले समाजमा भइरहेका तमाम विकृतिका विरुद्ध युवाहरूले निर्मम सङ्घर्ष र भण्डाफोर गर्नुपर्ने बताए । विश्वासले पार्टीको नयाँ कार्यनीति अर्थात् प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादको बारेमा स्पष्ट पारे । उनले जनमतसङ्ग्रह मार्फत वैज्ञानिक समाजवाद प्राप्त गर्नु नै सबैखाले समस्याको निर्विकल्प समाधान भएको जिकिर गरे । नेता विश्वासले युवाहरूले दलाल पुँजीवाद, वैदेशिक हस्तक्षेप, साम्राज्यवादी हैकम–हस्तक्षेपका विरुद्ध निर्मम सङ्घर्ष गर्नुपर्ने धारणा राखे ।

यस्तै नेकपा रुपन्देही जिल्ला सचिवालय सदस्य नविन थारूले क्रान्तिकारी युवाहरू दलाल संसदीय व्यवस्थाको भण्डाफोर गर्न निर्मम सङ्घर्षमा होमिनुपर्ने बताए ।

नेकपाका जिल्ला स्तरीय नेता तथा कार्यकर्ता र स्थानीयहरूको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता र सञ्चालन कृष्ण थारूले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :