नेकपा दैलेखको नौमुले गाउँकमिटी गठन

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेख अन्तरगत नौमुले गाउँ कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । बैठक गाउँ कमिटी सेक्रेटरी पुर्णको अध्यक्षतामा सम्पन्न भएको हो ।

बैठकको प्रारम्भमा पुर्व जनमुक्ति सेना नेपालको बटालियन कमान्डरको जिम्मेवारी रहेर काम गरेका बिगत केही समयदेखि पार्टीको सम्पर्कमा रहेर काम गर्दै आएका सुवर्णलाई पार्टीको तर्फबाट केन्द्रीय सदस्य एटम बिसी र जिल्ला सचिव दिपेन्द्रले स्वागत गरे ।

बैठक तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि एटम बिसीले संसदीय व्यवस्था र संसदीय पार्टीहरू पूर्ण रुपमा असफल भएकाले दलाल पुँजीबाट र वैज्ञानिक समाजबादी व्यवस्थाबारे जनमतसङ्ग्रह गरिनुपर्ने बताए । उनले अबको बैकल्पिक राजनीतिक शक्तिको रुपमा आफ्नो पार्टी नेकपा रहेको बताए । यस्तै नौमुले इन्चार्ज सुवर्ण र सेक्रेटरी पुर्ण रहने गरी ९ सदस्यीय नौमुले गाउँकमिटी गठन गरिएको छ ।

बैठकमा जिल्ला सेक्रेटरी दिपेन्द्र, अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय उपाअध्य आदिम, जिल्ला कमिटी सल्लाहकार उमङ्ग, अखिल (क्रान्तिकारी) दैलेखका अध्यक्ष सुदर्शन अतिथि रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :