कोभिड नियन्त्रणका लागि नेकपा रोल्पाको अभियान

कोभिड नियन्त्रणका लागि नेकपा रोल्पाको अभियान

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी रोल्पाले कोभिड नियन्त्रणका लागि सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम गरेको छ । कोभिड नियन्त्रण एकीकृत जनसुरक्षा अभियान अन्तर्गत परिवर्तन गाउँकमिटी ३ बागमारामा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको नेकपा रोल्पाले जनाएको छ ।

कार्यक्रममा विभिन्न राजनीतिक दलहरू, स्थानीय जनप्रतिनिधिहरू, स्वास्थ्य कर्मी, शिक्षक, सुरक्षा कर्मी तथा ब्यबसायीहरूको उपस्थितिमा कोभिड १९ नियन्त्रण बिषयक सर्बपक्षीय अन्तरक्रिया भएको थियो ।

सुक्रबार सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज सुबासको प्रमुख आतिथ्यता रहेको थियो भने रोल्पा जिल्ला सेक्रेटरी दिनेश चन्द ‘मानव’ अतिथि रहेका थिए । उक्त कार्यक्रमलाई अभियान कमान्डर बिरबल वलीको अध्यक्षता तथा सञ्चालन रहेको थियो ।

त्यसैगरी शनिबार माडी गाउँकमिटीको आयोजनामा घर्तीगाउँ पनि कोभिड नियन्त्रण बिषयक सर्बपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको नेकपा रोल्पाका सेक्रेटरी दिनेश चन्दले बताएका छन् । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य सुबास, माडी गाउँपालिका उपाध्यक्ष घनिकला बुढा, नेपाली काङ्ग्रेसका प्रतिनिधि गणेश घर्ति, माओवादी केन्द्रका प्रतिनिधि शेरबहादुर बुढा ‘सोम’, नेकपा एमालेका प्रतिनिधि विजय घर्ती प्रसासनिक प्रमुख गणबहादुर विक, घर्तीगाउँ स्वास्थ्य इन्चार्ज जयकुमार बुढा लगायत विभिन्न निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

माडी गाउँकमिटीको अन्तरक्रिया कार्यक्रमलाई अभियान कमान्डर देवबहादुर वली ‘दिनेश’ ले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :