नेकपा दार्चुलाको टोलीद्वारा जयसिंह धामीका परिवारसँग भेटघाट

घटनास्थलमा विरोध प्रदर्शन,निष्पक्ष छानबिन हुनेमा आशंका

नेपाल कम्युनिष्ट पार्टी दार्चुलाले भारतीय सिमा सुरक्षा बल SSB ले तुइन काटेर बेपत्ता भएका जयसिंह धामीका परिवारसँग भेटघाट गरेको छ। दार्चुला जिल्ला सेक्रेटरी भरत मल्ल सुवासको नेतृत्वमा गएको टोलिले नेपालतर्फको घटनास्थल अनुगमन गर्दै पिडित परिवारलाई भेटेर घटनाको विवरण लिइएको हो।

व्यास गाउँपालिका वडा नम्बर २ मालगाँउस्थित जयसिंह धामीको घरमा पुगेर पिडित परिवारसँग घटनाबारे जानकारी लिएको हो भने परिवारको दयनीय अवस्था देखेपछि तत्काल राहतस्वरूप ८००० रूपैया प्रदान गरेको छ। जयसिंह बेपत्ता भएपछि उनकि श्रीमती र आमा बेहोस् भएका छन भने बुवा दलेसिहं धामी समेत पिडामा छटपटाइरहेका छन।वैदेशिक रोजगारीमा जाने क्रममा परिवारको एकमात्र साहाराका रूपमा रहेको छोरो पनि एसएसबीले तुइन काट्दा बेपत्ता भएपछि गहिरो शोक र पिडामा छट्पटाइरहेका छन्। सुवास नेतृत्वको टोली परिवारसँग भेटघाटमा पुग्दा परिवारका सदस्यहरू डाँको छोडेर रूदै आफ्नो दुःख व्यक्त गरेका थिए।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन समितिले समेत परिवारसँग भेटघाट गरेको थियो। घटनास्थलमा छानबिनका निम्ति गएको टोलीले भारतीय सुरक्षाबलसँग साँठगाँठ गरिरहेको भन्दै नेकपाका कार्यकर्ताहरूले घटनास्थलमा नाराबाजी समेत गरेका थिए। भारतीय सुरक्षाकर्मीकै सहयोगमा गरिएको छानबिन निष्पक्ष हुन नसक्ने सेक्रेटरी भरत मल्लले बताए।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :