नेपालगञ्जमा नगरकमिटीको भेला तथा प्रशिक्षण सम्पन्न

नेपालगञ्जमा नगरकमिटीको भेला तथा प्रशिक्षण सम्पन्न

बाँके : नेपाल कम्युनिस्ट पार्टीको नेपालगञ्ज उप–महानगरपालिकामा नगरकमिटिको प्रशिक्षण तथा भेला शुक्रबार सम्पन्न भएको छ ।

भेलालाई जिल्ला इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य दिपकले सम्बोधन गर्दै नेपाली राजनीतिमा वैज्ञानिक समाजवाद वाहेक अर्को कुनै निकास नभएको वताए । उनले नेपाली इतिहासमा संसदीय व्यवस्थाले लामो समयसम्म जनतालाई दुःख दिएको भन्दै बेलाबेला जनता लुट्ने, ठग्ने संसदीय व्यवस्थाको खारेजी नै अन्तिम विकल्प भएको ठोकुवा गरे ।

नेता दिपकले आफ्नो पार्टीले सरकारसँग गरेको तीनबुँदे समहमतिको मूल मर्म नेपाललाई वैज्ञानिक समाजवादमा लिनु रहेको वताए । उनले त्यसका लागि नेपालमा संसदीय व्यवस्था र वैज्ञानिक समाजवाद भन्ने विषयमा जनतामा गई मत सङ्कलन गर्नुपर्ने धारणा राखे ।

यस्तै कार्यक्रममा नेकपा नगर कमिटीका इन्चार्ज रोसनले पार्टीको नीति र विधि अनुसार कार्यकर्तालाई जनतामा पुग्न निर्देशन दिए ।

भेलामा नगर भित्रका पार्टीका कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :