भगाएको आरोप लागेपछि कैलाली प्रहरीले जुवाडे पक्रियो

भगाएको आरोप लागेपछि कैलाली प्रहरीले जुवाडे पक्रियो

धनगढी : श्रावण १८ गते धनगढीको एएफसी कटेजमा जुवा खेलिरहेको सुचना पाएपछि गएको प्रहरी टोलीले ८५००० पैसा मात्र बरामद गरेर फर्किएपछि जुवाडे भगाएको आरोप लागेको जिल्ला प्रहरी कार्यालय कैलालीले  धनगढीको जुवा खालबाट भागेका ३ जना जुवाडेसहित जुवा खेलाउने होटल सञ्चालकलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरेर पाँच जनालाई सार्वजनिक गरेकोे हो।
प्रहरीले जुवा खेलाउने होटलका सञ्चालक सुरेन्द्र ऐरी,जुवा खेल्ने र जुवाडेलाई लगानी गर्ने गोदावरी २ बस्ने महेन्द्र भट्टराई, धनगढी २ बस्ने पवन भाट, मिलन चोक बस्ने युवराज भण्डारी र गोदावरी २ बस्ने पदम साउँदलाई सार्वजनिक गरेको हो ।पक्राउ परेका उनीहरुमाथि जुवा शिर्षकमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले जुवा खालबाट यसअघि नै ८५ हजार नगद बरामद गरेको बताएको थियो ।स्थानीयले भने प्रहरीले पैसा खाएर जुवाडे भगाएको आरोप लगाएका थिए। सोमबार राति धनगढी–३ मिलनचोकस्थित एएफसी होटलबाट ८५ हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताएका थिए।अन्य फरार जुवाडेको खोजी भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :