बुढानिलकण्ठ र टोखा नगर समितिको संयुक्त अभियान उद्घाटन

बुढानिलकण्ठ र टोखा नगर समितिको संयुक्त अभियान उद्घाटन

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ जिल्ला अन्तरगत बुढानिलकण्ठ र टोखा नगरपालिकाको संयुक्त आयोजनामा शुक्रबार जनसेवा तथा जनसंगठन विस्तार अभियानको उद्घाटन गरिएको छ ।

अभियानको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढा मगर विषमले गरेका थिए । कमाण्ड इन्चार्ज हरि खड्काको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा नेता विषमले राजनैतिक वैचारिक अभियानको मूल उदेश्यसहित प्रशिक्षित गरेका थिए ।

कार्यक्रममा नेकपा काठमाडौँ सेक्रेटरी राजेन्द्र महर्जनले सांगठनिक गतिशील बनाउने विषयमा बोलेका थिए । सावित्रा, सुरेन्द्र, मुक्ति लगायतको उपस्थितिमा भएको कार्यक्रममा स्वागत मन्तव्य बेदु काजीले राखेका थिए भने कार्यक्रमको सञ्चालन मुक्तिले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :