नेकपा नवलपुरद्वारा गौतमप्रति श्रद्धाञ्जली व्यक्त

नेकपा नवलपुरद्वारा गौतमप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी नवलपुरले अखिल नेपाल शिक्षक सङ्गठन नवलपुर अध्यक्ष रामप्रसाद गौतमकी आमा ज्ञानकुमारी गौतमको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

नवलपुर जिल्ला इन्चार्ज ध्रुव र जिल्ला सेक्रेटरी शितलले शुक्रबार शोक वक्तव्य जारी गरी आमा ज्ञानकुमारी गौतमको ८० बर्षको उमेरमा भएको असायमिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘अखिल नेपाल शिक्षक संगठन नवलपुर अध्यक्ष रामप्रसाद गौतमकी आमा ज्ञानकुमारी गौतमको ८० बर्षको उमेरमा २०७८ साउन २० गते भएको असायमिक निधनले पार्टीलाई स्तब्ध बनाएको छ । ज्ञानकुमारी गौतम विगत लामो समयदेखि क्यान्सर जस्तो दीर्घरोग विरुद्ध लडिरहनु भएको थियो । यस दुःखद् घडीमा शोकाकूल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आमा ज्ञानकुमारीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :