जनपत्रकार संगठन सुर्खेतको जिल्ला सम्मेलन सम्पन्न

जनपत्रकार संगठन सुर्खेतको जिल्ला सम्मेलन सम्पन्न

सुर्खेतः जनपत्रकार संगठन नेपाल जिल्ला समिति सुर्खेतको प्रथम जिल्ला सम्मेलन शुक्रबार विरेन्द्रनगरमा सम्पन्न भएको छ ।
सम्मेनलाई सम्बोधन गर्दै प्रमख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एटम बिसीले पत्रकारको काँधमा देश र समाजमा रहेका विकृति र विसंगतिका विरुद्ध संघर्ष गर्नुका साथै राजनीतिक रुपमा प्रगतिशील संयुक्त सरकार निर्माण गर्दै त्यसको नेतृत्वमा वैज्ञानिक समाजवाद ठिक कि दलाल संसदवाद ठिक ? भन्ने विषयमा जनमत संग्रह गराएर यो व्यवस्थाको ठाउँमा वैज्ञानिक समाजवाद स्थापना गर्दै देश र जनताको मुक्ति, सुख, शान्ति, सम्वृद्धिको ग्यारण्टी गर्नमा टेवा पुर्याउने मुख्य अभिभारा आएको बताए ।
कार्यक्रमका विशेष अतिथि जनपत्रकार संगठनका केन्द्रिय सदस्य जगदिशनाथ योगी राजकुमारले जनमत संग्रहको महत्व र मर्म बुझेर सफल गराउन पत्रकारले कलम चलाउनु पर्ने जरुरी रहेको धारणा राखे ।
सम्मेलनमा नेकपा विरेन्द्रनगर इञ्चार्ज यमराज, सहिद परिवार समाज केन्द्रिय सदस्य ऐना धमाला, अखिल नेपाल शिक्षक संगठन सुर्खेतका अध्यक्ष हरिलाल महतरा, अखिल (क्रान्तिकारी) सुर्खेतका जिल्ला उपाध्यक्ष मोहन धामी, प्रलेस कर्णाली प्रदेश सदस्य पृथ्वीबहादुर सिंह लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

सम्मेलनले ११ सदस्यीय जनपत्रकार सुर्खेत जिल्ला समिति निर्वाचित गरेको छ । जसको अध्यक्षमा सिद्धबहादुर खड्का, उपाध्यक्ष हरिलाल महतरा, सचिव मोहन धामी, कोषाध्यक्ष सरस्वती गौतम, सदस्यहरूमा सर्जनसिंह ठकुरी, रतिमान नेपाली, सम्झना पोख्रेल, भुपेन्द्र रोकाय, जित बहादुर केसी, प्रभाष, राजेन्द्र विश्वकर्मा रहेका छन् ।

सम्मेलनले प्रदेश सम्मेलन र राष्ट्रिय सम्मेलनको आवश्यक तयारीमा लाग्ने समेत निर्णय गरेको छ ।
जगदिशनाथ योगी, सिद्धबहादुर खड्का, हरिलाल महतरा र रगवीर विश्वकर्मालाई सम्मान गरेको उक्त सम्मेलन सिद्धबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको छ । ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :