कर्णालीमा डुङ्गा पल्टिदा एकको मृत्यु तीन बेपत्ता

कर्णालीमा डुङ्गा पल्टिदा एकको मृत्यु तीन बेपत्ता

आइतबार कर्णालीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।सुर्खेतको चौकुने गाउँपालिका ४ स्थित बालबालिकाहरूलाई नियमित खोप लगाएर फर्किने क्रममा डुङ्गा पल्टिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको हो भने कैलालीको मोहन्याल गाउँपालिका–३ राँगाखोला नजिकै दिउँसो १२ बजेतिर नदीमा डुंगा पल्टिँदा थप ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


बेपत्ता हुनेमा सोही ठाउँका २० वर्षकी उर्मिला सलामी मगर, उनको १० दिनको शिशु र २० वर्षकी पार्वती थापा रहेका छन। प्रहरीका अनुसार सोही डुंगामा रहेका अन्य चार जना भने पौडिएर जोगिएका छन्। उनीहरु सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाएर र उपचार गरेर फर्किरहेको बेला डुङगा दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :