जनपत्रकार सङ्गठन सुदूरपश्चिम प्रदेश समितिको बैठक सम्पन्न

जनपत्रकार सङ्गठन सुदूरपश्चिम प्रदेश समितिको बैठक सम्पन्न

कञ्चनपुर : जनपत्रकार सङ्गठन नेपाल सुदूरपश्चिम प्रदेश समन्वय समितिको भेला आयोजक कमिटीको दोस्रो पूर्ण बैठक कैलालीको धनगढीमा सम्पन्न भएको छ ।

आइतबार धनगढीमा बसेको उक्त बैठकले वर्तमान समयमा भइरहेका पत्रकारिता क्षेत्रका विकृति विसङ्गति, पत्रकार महासङ्घ भित्रका ज्याजतिका विरुद्ध सङ्घर्स गर्ने र सबै जिल्लाका जिल्ला भेलाका मिति ठोस गरी जिल्ला भेला सम्पन्न गर्ने निर्णय गरेको छ । त्यस्तै जिल्ला भेला पश्चात् प्रदेश भेला सम्पन्न गर्ने र प्रदेशमा एउटा कार्यालय खोल्ने, एउटा सुदृढ र बलियो सङ्गठन बनाउनमा भूमिका खेल्ने लगायतका महत्वपूर्ण निर्णय गर्दै बैठक समापन भएको छ ।

सो बैठकमा प्रमुख अतिथि जनपत्रकार सङ्गठन नेपालका केन्द्रीय संयोजक शेरबहादुर विश्वकर्मा, अतिथिमा कैलाली जिल्ला सचिव दीपेन्द्र चलाउने र बैठको अध्यक्षता भने जनपत्रकार सङ्गठनका सुदूरपश्चिम संयोजक प्रकाश थापाले गरेका थिए । साथै उक्त बैठकमा सबै जिल्लाका जिल्ला संयोजकहरूको प्रतिनिधित्व रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :