नेकपा अछामद्वारा सुदृढ जनसम्बन्ध तथा सङ्गठन बिस्तार अभियान तिब्र

नेकपा अछामद्वारा सुदृढ जनसम्बन्ध तथा सङ्गठन बिस्तार अभियान तिब्र

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामले सुदृढ जनसम्बन्ध तथा सङ्गठन बिस्तार अभियान तिब्र पारेको छ । जिल्लाको ढकारी गाउँपालिका वडा नं. ६ ढुङ्गाचाल्ना बजारमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै राजबन्दी परिवार भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

ढकारी गाउँपालिकाका सचिव देवेन्द्र परियार ‘दर्शन’ को अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथि कमान इन्चार्ज लोकेन्द्रबहादुर शाही ‘प्रजोलन’, अतिथि कमलबजार नगरपालिकाका इन्चार्ज एकेन्द्र नाथ, अन्य समाजसेवी, बुद्धिजिवी लगायत सर्वसाधारण जनताको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य डम्बर थापाले गरेका थिए भने कार्यक्रमको सञ्चालन युवा सङ्गठन नेपाल अछामका सचिव कुमार क्षेत्रीले गरेका थिए ।

प्रमुख अतिथिको आसनबाट बोल्दै कमान इन्चार्ज लोकेन्द्रबहादुर शाहीले वर्तमान अवस्थमा दलाल संसदीय व्यवस्था असफल भएको अवस्थमा वैज्ञानिक समाजवाद नै उत्तम विकल्प भएकोले जनमतसङ्ग्रह मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न सम्पूर्ण देशभक्त नागरिक तथा जनताहरूले साथ दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :