नेकपा सुर्खेतको १६ औँ पूर्ण बैठक सम्पन्न

नेकपा सुर्खेतको १६ औँ पूर्ण बैठक सम्पन्न

सुर्खेत : “सङ्गठन विस्तार तथा जनसम्बन्ध सुदृढ अभियान सफल पारौँ ! वैज्ञानिक समाजवादको पक्षमा जनमत सिर्जना गरौँ !! भन्ने मुल नाराका साथ नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति सुर्खेतको १६ औँ पूर्ण बैठक सम्पन्न भएको छ ।

बैठकमा उठेका प्रश्न तथा सर्कुलरमाथि प्रष्ट पार्दै प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज रबीले वैज्ञानिक समाजवाद स्थापना गर्न वस्तुगत परिस्थिति बन्दै गएको तर आत्मगत स्थिति बन्न नसकेको हुँदा अब पार्टी सङ्गठन र जबस मोर्चा सबैले घरायसी जुनसुकै कामहरू पन्छाउँदै द्रुतर गतिमा जनसहभागितामा पार्टीका अभियानहरू सञ्चालन गरेर आत्मगत परिस्थिति पनि बनाउँदै, जनतालाई उत्साहित गर्दै प्रगतिशील संयुक्त सरकार र जनमतसङ्ग्रहको माध्यमबाट वैज्ञानिक समाजवाद स्थापना गर्न दवाव सिर्जना गर्ने बाटोमा लाग्नु पर्ने आवश्यक्ता रहेको बताएका छन् ।

बैठकमा आफ्नो रिपोर्ट राख्दै जिल्ला सचिब ध्रुबले राजनीतिक, वैचारिक, साङ्गठानिक र सङ्घर्षको काम अगाडि बढेको तर आर्थिक काम अगाडि बढ्न नसकेको हुँदा छलफलबाट हरेक समस्याको समाधान खोज्दै अगाडि बढ्नु जरूरी रहेको बताए ।

महान् सहिदहरूप्रति श्रद्धाञ्जली र बेपत्ता योद्धाप्रति सम्मान अर्पण गर्दै प्रारम्भ गरिएको उक्त बैठकमा उपस्थित जिल्ला सदस्यहरूबाट आ–आफ्नो क्षेत्रको रिपोर्ट राखियो । राजनीतिक÷वैचारिक, साङ्गठानिक, आर्थिक, सङ्घर्ष र विविध प्रस्तावका बारेमा छलफल र निर्णय लिनुका साथै सुर्खेतका सबै स्थानिय निकाय र वडासम्मका नेतृत्व सहित कमिटीहरू गठन गर्दै ५ वटा अभियान टोली गठन गर्ने र २०७८÷०४÷२४ गते सबै अभियान टोलीले संयुक्त रुपमा १ महिने अभियानको उद्घाटन गर्ने सम्बन्धी निर्णय गर्दै सम्पन्न भएको उक्त बैठकको अध्यक्षता जिल्ला सेक्रेटरी ध्रुबले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :