नेकपा धनुषाको नगराइन नगरपालिकाको भेला सम्पन्न  

नेकपा धनुषाको नगराइन नगरपालिकाको भेला सम्पन्न  

नेपाल कम्युनिस्ट पार्टी धनुषाको नगराइन नगरपालिकाको भेला सम्पन्न भएको छ ।  विरेन्द्र लाल कर्णको अध्यक्षतामा सम्पन्न भएको उक्त भेलामा बोल्दै प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय सदस्य तथा धनुषा महोत्तरी इन्चार्ज देवनारायणले राष्ट्रिय, अन्तराष्ट्रिय तथा पार्टीको केन्द्रिय भाव सम्प्रेशन गरेका थिए । उनले नेपाली नागरिकलाई भारतीय साम्राज्यवादको सरक्षा बल एसएसबीले तुइन काटी हत्या गरेको घटना घोर जघन्य अपराध भएको भन्दै घोर भत्र्सना गरे । साथै जयसिंहको परिवारलाई क्षतिपुर्तिसहित शहिद घोषणा गर्न माग गरे ।

दलाल बुजुर्वा पुँजीवाद संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवाद व्यवस्थाको स्थापनाको लागि एकिकृत जनक्रान्तिमार्फत संघर्ष गरिरहेको बताए । सार्वभौमिक जनताको मतद्वारा व्यवस्था चुन्ने अधिकार जनमत संग्रह गरी वैज्ञानिक समाजवादको व्यवस्था कायम गर्नु अहिलेको अपरिहार्यता भएको बताए ।

उक्त भेलाको सञ्चालन पार्टी जिल्ला सदस्य विमल मण्डलले गरेका थिए । स्वागत मन्तव्य गौरीले राखेको कार्यक्रममा शुभकामना मन्तव्य जिल्ला सेक्रेटरी दिनेश सारू मगरले दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :