दार्जुलाको घटनाको विरोधमा नेकपाले भोलि देशव्यापी विरोध सभा गर्ने

दार्जुलाको घटनाको विरोधमा नेकपाले भोलि देशव्यापी विरोध सभा गर्ने

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टीले दार्जुलाका नागरिक जयसिंह धामीलाई भारतीय एसएसबीले तुइन काटेर बेपत्ता बनाएको विरोधमा भोलि साउन १८ गते देशव्यापी विरोध सभा गर्ने भएको छ ।

संघर्षको घोषित कार्यक्रमअनुसार नेकपाले देशभर भोलि २ बजे विरोध सभा गर्ने भएको छ । दार्चुला जिल्लाको व्यास गाँउपालिका–२ मालघाटबाट ३५ वर्षिय नेपाली युवा जयसिँह धामी महाकाली नदी तुईनमा तरेर भारतको उत्तराखण्ड राज्यस्थित पांगल जाने क्रममा भारतीय सिमा सुरक्षा बल एसएसबीले तुईन खोलेका कारण नदीमा बेपत्ता बनाएको घटना विरुद्ध नेकपाले देशव्यापी संघर्षको कार्यक्रम घोषणा गर्दै हिजै देशव्यापी विरोध प्रदर्शन गरेको छ । त्यही घोषित कार्यक्रम अनुसार भोलि फेरि नेकपाले विरोध सभा गर्दैछ । यता काठमाडौँमा नेकपाले सुन्धाराबाट जुलुस सुरु गर्ने र न्यूरोड, भोटाहिटी हुँदै जुलुस रत्नपार्कमा विरोध सभामा परिणत हुने नेकपा केन्द्रीय सदस्य नविनले जानकारी दिए । उक्त कार्यक्रममा सहभागी हुन नेताकार्यकर्ता, देशभक्त, प्रगतिशील शक्तिहरु, सञ्चारकर्मी तथा आम जनसमुदायहरुमा हार्दिक अपिल गरेका छन् ।

यसअघि नेपाल कम्युनिष्ट पार्टीले दार्जुलाका नागरिक जयसिंह धामीलाई भारतीय एसएसबीले तुइन काटेर बेपत्ता बनाएको विरोधमा विज्ञप्ती जारी गर्दै संघर्षको घोषणा गरिसकेको छ ।

पार्टीका प्रवक्ता प्रकाण्डले हिजो विज्ञप्ती जारी गर्दै दार्चुला जिल्लाको व्यास गाँउपालिका–२ मालघाटबाट ३५ वर्षिय नेपाली युवा जयसिँह धामी महाकाली नदी तुईनमा तरेर भारतको उत्तराखण्ड राज्य स्थित पांगल जाने क्रममा भारतीय सिमा सुरक्षा बल एसएसबीले तुईन खोलेका कारण नदीमा खसेर हाल सम्म वेपत्ता भएको घटनाप्रति पार्टीको ध्यान गम्भिर रुपमा आक्रसित भएको बताएका छन् ।

उनले उक्त घटना मानवता, जनअधिकार एवं स्वतन्त्रता र राष्ट्रिय स्वाधिनता प्रवर्धनको दृष्टिकोणले गम्भिर, अक्षम्य र निन्दनीय भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य प्रकाण्डले उक्त घटनाको तदारुकताका साथ छानवीन गरि सत्यतथ्य नेपाली जनतासामु सार्वजनिक गर्न पार्टीको तर्फबाट नेपाल सरकारसँग जोडदार माग गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ, –‘सिमा क्षेत्रमा भारत सरकारका सुरक्षा र प्रशासनिक निकायहरुले नेपाल राष्ट्र र नेपाली जनताका विरुद्ध विगतमा घटार्ईएका जति पनि घटनाहरु छन् त्यसमा भारतीय साम्राज्यवादी शासक वर्गको दृष्टिकोण र व्यवहार उदाङ्गीदै आएको छ । जय सिँह धामीको घटना पनि त्यसैको उपज हो । यसर्थ तुईन घटनाको वास्तविक छानविन, दोषी माथि कडा कारवाही, पिडीतलाई न्याय र भारतीय शासकहरुको हस्तक्षेपकारी रवैयाका विरुद्ध देशव्यापी संघर्षमा उत्रिन पार्टीपंति र आम नेपाली जनतामा हाम्रो पार्टी जोडदार आह्वान गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :