एकीकृत जनक्रान्तिका महान् सहिद प्रज्वल शाहीको स्मृतिमा वृक्षरोपण

एकीकृत जनक्रान्तिका महान् सहिद प्रज्वल शाहीको स्मृतिमा वृक्षरोपण

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कैलालीले एकीकृत जनक्रान्तिका महान् सहिद प्रज्वल शाहीको स्मृतिमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

कैलालीको कैलारी गाउँपालिका १ मझरास्थित बनदेवी प्रा.वि., सोही गा.पा.को वार्ड न. २ स्थित सरस्वती प्रा.वि. र त्यहीँ रहेको बनदेवी मन्दिरको प्राङ्गणमा झण्डै ५०० बोटविरुवाहरू वृक्षरोपण गरिएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा सेती–महाकाली व्युरो संयोजक विरेन्द्र शाह, अतिथि नेकपाका कैलारी गा.पा. इन्चार्ज बिरु चौधरी रहेका थिए । वृक्षरोपण कार्यक्रममा अखिल (क्रान्तिकारी) जिल्ला संयोजक किरण जोशी ‘सुबास’, जिल्ला सदस्य मनोज चौधरी लगायत नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :